प्यूठानको ऐरावतीमा चट्याङ लागेर २ जनाको मृत्यू भएको छ । ऐरावती गाउँपालिका ६ बिजुलीकोटका ७ वर्षीय बालक रोमन परियार र १२ वर्षीय किरण परियारको सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको प्यूठान अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । सोही गाउपालिकामै चट्याङ लागेर ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
चट्याङ लाग्नेहरुमा ऐरावतीको वडा नं.–६ का ५ जना र वडा नं–१ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले बताए । घाइते सबैको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।