News Portal

रेडियो सुन्नुहोस्

नारिकोट स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिदै

झुलेनी पोष्ट२०७९ असार २३ , प्यूठान
८९२ पटक
२०७९ असार २३ , प्यूठान

 

नारिकोट स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने भएको छ । भोली असार २४ गते लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आथित्यतामा गौमुखीको वडा नं.७ को नारिकोट स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गर्न लागिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमूख हरीप्रसाद जैसीले जानकारी दिए ।
नारिकोट वडाका ६९ जना गर्भवती तथा सुत्केरी महिलाहरु मध्ये ४१ जना नारिकोट स्वास्थ्य चौकीमा र अन्य २८ जना महिलाहरु स्वइक्ष्छाले प्यूठान अस्पताल लगाएत आफुलाई पाएक पर्ने स्वास्थ्य संस्थाबाट सुत्केरी भएको पाइएकाले पूर्ण संस्थागत सुत्केरीयुक्त  ( Zero Home Delivery ) वडा घोषणा गर्न लागिएको स्वास्थ्य शाखा प्रमूख जैसीको भनाई छ ।
त्यस्तै २६ गते खुङ्ग स्वास्थ्य चौकीलाई पनि पूर्ण संस्थागत सुत्केरी वडाको रुपमा घोषणा गरिने भएको छ । वडा नं.५ खुङ्गमा ४४ जना सुत्केरी मध्ये २६ स्वास्थ्य चौकीमै सुत्केरी भएको र १८ जना भौगलिक विकटताका कारण आफुलाई पाएक पर्ने नजिकको स्वास्थ्य संस्थाबाट सुत्केरी भएको पाईएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न लागिएको खुङ्ग स्वास्थ्य चौकीले जनाएको छ ।
सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...