News Portal

रेडियो सुन्नुहोस्

नारिकोट स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिदै

झुलेनी पोष्ट२०७९ असार २३ , प्यूठान
९६१ पटक
२०७९ असार २३ , प्यूठान

 

नारिकोट स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने भएको छ । भोली असार २४ गते लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आथित्यतामा गौमुखीको वडा नं.७ को नारिकोट स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गर्न लागिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमूख हरीप्रसाद जैसीले जानकारी दिए ।
नारिकोट वडाका ६९ जना गर्भवती तथा सुत्केरी महिलाहरु मध्ये ४१ जना नारिकोट स्वास्थ्य चौकीमा र अन्य २८ जना महिलाहरु स्वइक्ष्छाले प्यूठान अस्पताल लगाएत आफुलाई पाएक पर्ने स्वास्थ्य संस्थाबाट सुत्केरी भएको पाइएकाले पूर्ण संस्थागत सुत्केरीयुक्त  ( Zero Home Delivery ) वडा घोषणा गर्न लागिएको स्वास्थ्य शाखा प्रमूख जैसीको भनाई छ ।
त्यस्तै २६ गते खुङ्ग स्वास्थ्य चौकीलाई पनि पूर्ण संस्थागत सुत्केरी वडाको रुपमा घोषणा गरिने भएको छ । वडा नं.५ खुङ्गमा ४४ जना सुत्केरी मध्ये २६ स्वास्थ्य चौकीमै सुत्केरी भएको र १८ जना भौगलिक विकटताका कारण आफुलाई पाएक पर्ने नजिकको स्वास्थ्य संस्थाबाट सुत्केरी भएको पाईएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न लागिएको खुङ्ग स्वास्थ्य चौकीले जनाएको छ ।
सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...