News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा निकालियो लाटानाच, नाच हेर्नेको भिड

झुलेनी नेटवर्क २०७९ श्रावण ०३, प्युठान
७३५ पटक
२०७९ श्रावण ०३, प्युठान

गौमुखी गाउँपालिका २ अर्खा स्थित डाँडागाउँमा लाटानाच नचाउने कार्य सोमबार सम्पन्न गरिएको छ । हरेक दुई वर्षको अन्तरमा साउन २ गतेका दिन लाटा नाच नाच्ने चलन छ ।

परम्परागत रुपमा लाटा नचाउने कार्य सम्पन्न भएको स्थानीय मित्र थापाले बताए । यसपालि झण्डै एक सय लाटाहरु र दर्जन झाँक्री नाचमा सहभागी थिए । लाटा र झाँक्रीहरु परम्परागत भेषमा नाचमा सहभागी हुने गर्दछन् । अर्खाबाट झाँक्री र लाटाहरु नाच्दै गाउँबाट बोक्सा भगाउन लाटानाच नाचिने चलन रहेको स्थानीय सिताराम थापाले बताए । गाउँलेहरु बिरामी नपरुन, बाढीपहिरो आएर क्षति नहोस भनेर लाटानाच निकाल्ने चलन रहेको स्थानीय अगुवाहरु बताउँछन् ।

चलनअनुसार लाटा, झाँक्रीहरु सबै पुरुष मात्र बन्न पाउँछन् । लाटा झाँक्रीहरु अर्धनग्न अवस्थामा नाच्ने भएकाले महिलाहरुलाई लाटाहरु नाच्ने विषेश स्थानमा प्रवेश गर्न नदिने चलन छ । अर्खामा नाचिने लाटानाच बेग्लै खालको सस्कृति भएकाले यसको गर्जेना गर्नपर्न गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले बताए । उनले लाटा नाचलाई महिला, पुरुष सहभागि भएर हेर्न मिल्ने गरि सुधार गर्नपर्ने बताए । यहाँको लाटानाच हेर्नकोलागि प्यूठानका विभिन्न स्थानका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङबाट समेत दर्जनार्थीहरु आउछन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...