News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा निकालियो लाटानाच, नाच हेर्नेको भिड

झुलेनी नेटवर्क २०७९ श्रावण ०३, प्युठान
९५० पटक
२०७९ श्रावण ०३, प्युठान

गौमुखी गाउँपालिका २ अर्खा स्थित डाँडागाउँमा लाटानाच नचाउने कार्य सोमबार सम्पन्न गरिएको छ । हरेक दुई वर्षको अन्तरमा साउन २ गतेका दिन लाटा नाच नाच्ने चलन छ ।

परम्परागत रुपमा लाटा नचाउने कार्य सम्पन्न भएको स्थानीय मित्र थापाले बताए । यसपालि झण्डै एक सय लाटाहरु र दर्जन झाँक्री नाचमा सहभागी थिए । लाटा र झाँक्रीहरु परम्परागत भेषमा नाचमा सहभागी हुने गर्दछन् । अर्खाबाट झाँक्री र लाटाहरु नाच्दै गाउँबाट बोक्सा भगाउन लाटानाच नाचिने चलन रहेको स्थानीय सिताराम थापाले बताए । गाउँलेहरु बिरामी नपरुन, बाढीपहिरो आएर क्षति नहोस भनेर लाटानाच निकाल्ने चलन रहेको स्थानीय अगुवाहरु बताउँछन् ।

चलनअनुसार लाटा, झाँक्रीहरु सबै पुरुष मात्र बन्न पाउँछन् । लाटा झाँक्रीहरु अर्धनग्न अवस्थामा नाच्ने भएकाले महिलाहरुलाई लाटाहरु नाच्ने विषेश स्थानमा प्रवेश गर्न नदिने चलन छ । अर्खामा नाचिने लाटानाच बेग्लै खालको सस्कृति भएकाले यसको गर्जेना गर्नपर्न गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले बताए । उनले लाटा नाचलाई महिला, पुरुष सहभागि भएर हेर्न मिल्ने गरि सुधार गर्नपर्ने बताए । यहाँको लाटानाच हेर्नकोलागि प्यूठानका विभिन्न स्थानका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङबाट समेत दर्जनार्थीहरु आउछन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...