


प्यूठान नगरपालिका ८ दम्तीमा निर्माणाधिन सवस्टेशन सञ्चालनमा भएको ढिलाइबारे झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई ध्यानाकार्षण गराएका छन् ।
सवस्टेशन निर्माण ठेक्का लिएको निर्माण व्यवसायीले सञ्चालन गर्न ढिलाई गरेको भन्दै कारवाही हुनुपर्ने भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बुधबार(आज)भेटेर निवेदन दिएका हुन ।
निर्माणाधीन सवस्टेशन र स्टेशनबाट वितरण हुने ११ केभिएको लाइन विस्तारमा भएको ढिलाइका कारण प्यूठानमा विद्युत आउने जाने समस्या धेरै छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

