News Portal

रेडियो सुन्नुहोस्

दुर्घटनामा घाइते बिमललाई उपचारका लागि आर्थिक सहयोग

दिपेन्द्र सुनार २०७९साउन,५ प्यूठान
१००२ पटक
 २०७९साउन,५ प्यूठान

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते झिमरुक गाउँपालिका वडा नं. १ निवासी बिमल सुनारलाई आर्थिक सहयोग गरिएको छ ।
झिमरुक गाउँपालिका वडा नं. १ का युवाहरुको बिशेष पहलमा बिमल सुनार बचाउ अभियान सञ्चालन गरी आर्थिक रकम संकलन गरीएको हो । अभियानबाट जुटेको १ लाख ६५ हजार ७ सय २० रुपैयाँ बिरामीको परिवारलाइ बुझाइएको हो ।
अभियन्ताहरुबाट संकलित रकम बिमलको घरमा पुगि हजुर आमा सुमित्रा सुनारलाई हस्तान्तरण गरिएको हो ।
आर्थिक अभावमा उपचारमा समस्या सहयोगको याचना शिर्षकमा असार १७ गते जिल्लाका विभिन्न अनलाईन तथा मिडियाहरुमा समाचार प्रकाशन प्रशारण भएपछी आर्थिक रकम संकलन अभियान संचालन गरीएको थियो । गत असार ६ गते मोटरसाइकल दुर्घटनामा परी दाहिने खुट्टा भाचिएको थियो ।
बिमलको अहिले भारतको हरियाणा जिल्लाको चुडामणि मल्टीस्पेशलिटी अस्पताल कैम्प चोक हिसारमा उपचार भइरहेको छ । उनलाइ अस्पतालको बिशेष कक्षमा राखी उपचार भइरहेको उनका मामा हुम बहादुर बि.क. ले बताए ।
आर्थिक हिसावले बिपन्न परिवारमा जन्मिएका बिमलको बुवा करिब एक बर्षदेखि (बेपत्ता) परिवारको सम्पर्कमा छैनन् । घरमुलि परिवारबाट सम्पर्क बिहिन भएसँगै घरको ऋण तिर्न र परिवारको गुजाराका लागि बिमल भारतमा रोजगारका लागि गएका थिए ।
उपचारमा धेरै रकम लाग्ने भएको र त्यस माथि घरपरिवारको आर्थिक स्थिती कमजोर भएका कारण विभिन्न संघसंस्था र सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग संङ्कलन अभियान सुरु गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...