News Portal

रेडियो सुन्नुहोस्

दुर्घटनामा घाइते बिमललाई उपचारका लागि आर्थिक सहयोग

दिपेन्द्र सुनार २०७९साउन,५ प्यूठान
११६५ पटक
 २०७९साउन,५ प्यूठान

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते झिमरुक गाउँपालिका वडा नं. १ निवासी बिमल सुनारलाई आर्थिक सहयोग गरिएको छ ।
झिमरुक गाउँपालिका वडा नं. १ का युवाहरुको बिशेष पहलमा बिमल सुनार बचाउ अभियान सञ्चालन गरी आर्थिक रकम संकलन गरीएको हो । अभियानबाट जुटेको १ लाख ६५ हजार ७ सय २० रुपैयाँ बिरामीको परिवारलाइ बुझाइएको हो ।
अभियन्ताहरुबाट संकलित रकम बिमलको घरमा पुगि हजुर आमा सुमित्रा सुनारलाई हस्तान्तरण गरिएको हो ।
आर्थिक अभावमा उपचारमा समस्या सहयोगको याचना शिर्षकमा असार १७ गते जिल्लाका विभिन्न अनलाईन तथा मिडियाहरुमा समाचार प्रकाशन प्रशारण भएपछी आर्थिक रकम संकलन अभियान संचालन गरीएको थियो । गत असार ६ गते मोटरसाइकल दुर्घटनामा परी दाहिने खुट्टा भाचिएको थियो ।
बिमलको अहिले भारतको हरियाणा जिल्लाको चुडामणि मल्टीस्पेशलिटी अस्पताल कैम्प चोक हिसारमा उपचार भइरहेको छ । उनलाइ अस्पतालको बिशेष कक्षमा राखी उपचार भइरहेको उनका मामा हुम बहादुर बि.क. ले बताए ।
आर्थिक हिसावले बिपन्न परिवारमा जन्मिएका बिमलको बुवा करिब एक बर्षदेखि (बेपत्ता) परिवारको सम्पर्कमा छैनन् । घरमुलि परिवारबाट सम्पर्क बिहिन भएसँगै घरको ऋण तिर्न र परिवारको गुजाराका लागि बिमल भारतमा रोजगारका लागि गएका थिए ।
उपचारमा धेरै रकम लाग्ने भएको र त्यस माथि घरपरिवारको आर्थिक स्थिती कमजोर भएका कारण विभिन्न संघसंस्था र सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग संङ्कलन अभियान सुरु गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...