News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाले कर बढायो

हचुवाको भरमा कर बढाएको करदाताको गुनासो

झुलेनी नेटवर्क२०७९ श्रावण ११, प्यूठान
२१९३ पटक
२०७९ श्रावण ११, प्यूठान

प्यूठान नगरपालिकाले यस वर्ष घरजग्गाको मूल्यांकन बढाएर कर दोब्बर बनाएको छ । विकास निर्माण र सेवा सुविधामा कुनै सुधार नगरी कर बढाएको भन्दै नगरवासीले विरोध गर्न थालेका छन् ।

विशेष गरेर प्यूठान नगरपालिका वडा नम्बर ४, ८, १, २, ७ र ३ नम्बर वडाको बजार क्षेत्रमा बसोवास गर्ने करदाताले गत वर्षको तुलनामा दोब्बर कर बुझाउन पर्ने भएको छ ।
गत वर्ष १ हजार ६ सय २० रुपैयाँ कर बुझाएकोमा यस वर्ष ३ हजार १ सय ५० रुपैयाँ कर बुझाउन परेको वडा नम्बर ४ बिजुवार बजारका करदाता बाबुराम श्रेष्ठले बताए । नगरपालिकाले जनतालाई सेवा दिने कुरामा भन्दा कर बढाएर जनताको ढाड सेक्ने काममा लाग्न थालेको श्रेष्ठले आरोप लगाए ।

यस भन्दा पहिले मालपोतले मूल्यांकन गरेको जग्गामा २० प्रतिशत छुट दिएर नगरपालिकाले घरजग्गाको मूल्यांकन गरेर कर लिने गरेको थियो । यस वर्ष छुट दिने व्यवस्था नगरपालिकाले हटाएको छ ।

प्रति स्क्वाएर फुट ८ सय रुपैयाँ बाट १ हजार २ सय रुपैयाँ मूल्यांकन बनाएर कर लिने गरेको छ । यसले गर्दा कर झण्डै दोब्बर बढेको हो । जग्गाको नभएर घरको मूल्यांकन केहि प्रतिशत बढेकाले कर बढेको नगरपालिका राजश्व शाखाको भनाई छ ।

 

यस आर्थिक वर्षकाे कर तिरेकाे रसिद

गत  आर्थिक वर्षकाे रसिद

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...