News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाले कर बढायो

हचुवाको भरमा कर बढाएको करदाताको गुनासो

झुलेनी नेटवर्क२०७९ श्रावण ११, प्यूठान
९०४ पटक
२०७९ श्रावण ११, प्यूठान

प्यूठान नगरपालिकाले यस वर्ष घरजग्गाको मूल्यांकन बढाएर कर दोब्बर बनाएको छ । विकास निर्माण र सेवा सुविधामा कुनै सुधार नगरी कर बढाएको भन्दै नगरवासीले विरोध गर्न थालेका छन् ।

विशेष गरेर प्यूठान नगरपालिका वडा नम्बर ४, ८, १, २, ७ र ३ नम्बर वडाको बजार क्षेत्रमा बसोवास गर्ने करदाताले गत वर्षको तुलनामा दोब्बर कर बुझाउन पर्ने भएको छ ।
गत वर्ष १ हजार ६ सय २० रुपैयाँ कर बुझाएकोमा यस वर्ष ३ हजार १ सय ५० रुपैयाँ कर बुझाउन परेको वडा नम्बर ४ बिजुवार बजारका करदाता बाबुराम श्रेष्ठले बताए । नगरपालिकाले जनतालाई सेवा दिने कुरामा भन्दा कर बढाएर जनताको ढाड सेक्ने काममा लाग्न थालेको श्रेष्ठले आरोप लगाए ।

यस भन्दा पहिले मालपोतले मूल्यांकन गरेको जग्गामा २० प्रतिशत छुट दिएर नगरपालिकाले घरजग्गाको मूल्यांकन गरेर कर लिने गरेको थियो । यस वर्ष छुट दिने व्यवस्था नगरपालिकाले हटाएको छ ।

प्रति स्क्वाएर फुट ८ सय रुपैयाँ बाट १ हजार २ सय रुपैयाँ मूल्यांकन बनाएर कर लिने गरेको छ । यसले गर्दा कर झण्डै दोब्बर बढेको हो । जग्गाको नभएर घरको मूल्यांकन केहि प्रतिशत बढेकाले कर बढेको नगरपालिका राजश्व शाखाको भनाई छ ।

 

यस आर्थिक वर्षकाे कर तिरेकाे रसिद

गत  आर्थिक वर्षकाे रसिद

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...