News Portal

रेडियो सुन्नुहोस्

सर्वत्र विरोध पछि स्वर्गद्वारी १४ जना करार कर्मचारीको म्याद थपियो

झुलेनी नेटवर्क२०७९ श्रावण १२, प्यूठान
१३१८ पटक
२०७९ श्रावण १२, प्यूठान

करार कर्मचारी हटाउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिकाले निर्णय सच्चाउँदै १४ जना करार कर्मचारीको म्याद थप गरेको छ । नयाँ जनप्रतिनिधि आएसँगै करार कर्मचारी निसानामा परेका थिए । करार कर्मचारी हटाउँदा स्थानीय तहमा नियमित सेवा प्रभावित बनेको थियो ।
साउन १ बाट करार कर्मचारीको म्याद थप नहँुदा स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य संस्था प्रभावित भएका थिए । नगरपालिकाले साउन १ देखि लागु हुने गरी ३४ जना करार कर्मचारीलाई एकैपटक करार नविकरण नगर्न निर्णय गरेको थियो । कर्मचारीलाई करार सेवाको म्यान थप नहुँने जानकारी गराउँदै नगरप्रमुख टेकप्रसाद भण्डारीले पत्र काटेका थिए । ३४ जना मध्य १४ जना कर्मचारीलाई पुनरवहाली गरीएको छ ।

नगरपालिकाकाले कर्मचारी हटाउँदै थमाउँदै गर्ने शैलीले नयाँ जनप्रतिनिधिको कमजोरी छताछुल्ल भएको छ । नियमित सेवा दिइरहेका कर्मचारीलाई एकै पटक निश्कासन गरेकोले सेवा प्रभावित हुँदा आम जनताबाट गुनासो आएपछि नगरपालिकाले केहि कर्मचारीको म्याद थप गरेको हो । यो विषयमा आम सर्वसाधारण सहित नेकपा एमाले स्वर्गद्धारी नगरकमिटिले करार कर्मचारी थमौतीको माग गर्दै नगरप्रमुख टेकप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...