News Portal

रेडियो सुन्नुहोस्

सर्वत्र विरोध पछि स्वर्गद्वारी १४ जना करार कर्मचारीको म्याद थपियो

झुलेनी नेटवर्क२०७९ श्रावण १२, प्यूठान
१६९७ पटक
२०७९ श्रावण १२, प्यूठान

करार कर्मचारी हटाउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिकाले निर्णय सच्चाउँदै १४ जना करार कर्मचारीको म्याद थप गरेको छ । नयाँ जनप्रतिनिधि आएसँगै करार कर्मचारी निसानामा परेका थिए । करार कर्मचारी हटाउँदा स्थानीय तहमा नियमित सेवा प्रभावित बनेको थियो ।
साउन १ बाट करार कर्मचारीको म्याद थप नहँुदा स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य संस्था प्रभावित भएका थिए । नगरपालिकाले साउन १ देखि लागु हुने गरी ३४ जना करार कर्मचारीलाई एकैपटक करार नविकरण नगर्न निर्णय गरेको थियो । कर्मचारीलाई करार सेवाको म्यान थप नहुँने जानकारी गराउँदै नगरप्रमुख टेकप्रसाद भण्डारीले पत्र काटेका थिए । ३४ जना मध्य १४ जना कर्मचारीलाई पुनरवहाली गरीएको छ ।

नगरपालिकाकाले कर्मचारी हटाउँदै थमाउँदै गर्ने शैलीले नयाँ जनप्रतिनिधिको कमजोरी छताछुल्ल भएको छ । नियमित सेवा दिइरहेका कर्मचारीलाई एकै पटक निश्कासन गरेकोले सेवा प्रभावित हुँदा आम जनताबाट गुनासो आएपछि नगरपालिकाले केहि कर्मचारीको म्याद थप गरेको हो । यो विषयमा आम सर्वसाधारण सहित नेकपा एमाले स्वर्गद्धारी नगरकमिटिले करार कर्मचारी थमौतीको माग गर्दै नगरप्रमुख टेकप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...