News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा नाम दर्ता निशुल्क, नगरपालिकाको निर्णय कार्यान्वयमा

झुलेनी नेटवर्क२०७९श्रावण१३, प्यूठान
९९५ पटक
२०७९श्रावण१३, प्यूठान

प्यूठान अस्पतालमा प्युठान नगरभित्रका विरामीलाई नाम दर्ता निशुल्क गराउने निर्णय कार्यान्वयमा आएको छ ।
२०७९ को स्थानिय तहको चुनाव सकिएलगत्तै प्यूठान नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले नगरवासीहरुका लागि प्यूठान अस्पतालमा नाम दर्ता निशुल्क गराउने निर्णय गरेका थिए ।
सोही योजना एवम् निर्णय बमोजिम नगरपालिकाले अस्पतालसगँ आसार अन्तिम साता सम्झौता गरि नगरवासीहरु अस्पताल आउदा निशुल्क नाम दर्ता गराउने निर्णय गरेका थिए ।
उक्त निर्णय बमोजिम श्रावण १ गते देखी विरामी दर्ता निशुल्क गरिदै प्यूठान अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्धेले जानकारी दिए ।
नगरवासीहरुले अस्पतालबाट सहजरुपमा सेवा प्रदान गरुन भन्ने उद्देश्यले दर्ता शुल्क निशुल्क गराएको प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माको भनाई छ ।
प्यूठान अस्पतालमा प्यूठान नगरवासी बाहेक अन्य विरामीहरुका लागि नाम दर्ता शुल्क २० रुपैया र इर्मजेन्सी अवस्थामा ५० रुपैया लाग्ने गर्दछ ।
तर नगरपालिकाको हकमा भने अव देखी दर्ता शुल्क निशुल्क गरिएको छ ।

प्यूठान नगरभित्रका विरामीहरुले अस्पताल सेवा लिन आउदा आफ्नो परिचय खुल्ने कुनै पनि किसिमको काजजात अस्पतालमा देखाउनुपर्ने छ ।
तर नगरपालिको निर्णय बमोजिम विरामी दर्ता निशुल्क हुन्छ भन्ने थाहा नपाई अस्पताल पुगेका विरामीहरुलाई अहिले सम्म नाम ठेगानाको आधारमा विश्वास गरि एक पटकका लागि दर्ता शुल्क नलिएको अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए ।
प्यूठान नगरपालिकाको यो निर्णयले अस्पताल पुगि नाम दर्ता गर्न नसक्ने न्यून स्थिती भएका व्यक्तिहरुले केही मात्रामा राहतको अनुभव गर्न पाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...