News Portal

रेडियो सुन्नुहोस्

जंगली जनावरद्वारा मकैबालीमा क्षति

गिता गौतम२०७९ श्रावण २०, प्यूठान
२०२२ पटक
२०७९ श्रावण २०, प्यूठान

प्यूठानका ग्रामीण भेगका कतिपय स्थानमा जंगली जनावरले मकैबाली सखाप पारेको छ ।

जिल्लाको माण्डवी गाउँपालिका वडा नं.१ तिराम र वडा नं.२ मर्कावाङ्गको धन्चौर, गोलबाङ, रातापानी, ढाड लगाएतका स्थानमा किसानले लगाएको मकैबाली जंगली जनावर साह्रो (दुम्सी) भार्से, बदेल, राते लगाएतका जंगली जनावरहरुले मकै वालीमा क्षेती पुर्याएको स्थानीयले बताए ।

भर्खरै घुवाँ लगाउन थालेको मकैको बोटनै जंगली जनावरले सखाप पारेपछि किसानहरु चिन्तित बनेका हुन् । जंगली जनावरले मकैबाली मात्र होईन की किसानले लगाएको तरकारी बाली टमाटर समेत नष्ट गर्दै आएको छ। माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ्ग धन्चौरकी स्थानीय देवी खत्रीले बताईन । त्यस्तै तिन रोपनी बारीमा लगाएको मकैबाली घुवा लगाउन थालेको थियो दुम्सी र बदेलले सखाप पार्यो अर्का स्थानीय जेदा खड्काले दुखेसो पोखिन । पहिले समयमै मकै छर्ने पानी परेन्, मकैले धान फाल्न थालेको थियो, हावाहुरी सहितको पानीले मकैका धेरै बोटहरु भाचीदिए, बचेका मकैका बोटहरु जंगली जनावरले सखाप पार्यो अब के खाने होला खड्काले निन्याउरो मुख पार्दै भनिन् ।

यस्तै जिल्लाका अन्य स्थानहरु नाैबहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, ऐरावतीको बरौला, सरुमारानीको बागेंसाल, स्वर्गद्धारी नगरपालिकाको भिंग्री लगाएतका स्थानमा पनि जंगली जनावरले किसानको मकैबालीमा क्षेती पुर्याएको गुनासो आएको डिविजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए ।

जंगली जनावर अन्तर्गत बादर, दुम्सी, लगाएत अन्य जनावर बाहेक बदेलले खेतीबाली नष्ट पारेको अवस्थामा पिडित किसानहरुले वडा र प्रहरीको साझेदारीमा मुचुल्का उठाएर डिविजन वन कार्यालयमा क्षति विवरण बुझाएमा सम्बन्धित निकायसम्म राहतको लागि पहल गरिने रेन्जर पौडेलले बताए।

ग्रामीण स्थानमा बसोवास गर्ने मानिसको मुख्य आम्दानी भनेको कृषि पेसा हो । खेतीबाली, तरकारीबाली पशुपालन गरेरै घरखर्चको जोहो गरिरहेका हुन्छन । जंगली जनावरले खेतीवालीमा क्षती पुर्याएको अवस्थामा त्यस तर्फ सम्बन्धीत निकायले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...