News Portal

रेडियो सुन्नुहोस्

जंगली जनावरद्वारा मकैबालीमा क्षति

गिता गौतम२०७९ श्रावण २०, प्यूठान
२०५८ पटक
२०७९ श्रावण २०, प्यूठान

प्यूठानका ग्रामीण भेगका कतिपय स्थानमा जंगली जनावरले मकैबाली सखाप पारेको छ ।

जिल्लाको माण्डवी गाउँपालिका वडा नं.१ तिराम र वडा नं.२ मर्कावाङ्गको धन्चौर, गोलबाङ, रातापानी, ढाड लगाएतका स्थानमा किसानले लगाएको मकैबाली जंगली जनावर साह्रो (दुम्सी) भार्से, बदेल, राते लगाएतका जंगली जनावरहरुले मकै वालीमा क्षेती पुर्याएको स्थानीयले बताए ।

भर्खरै घुवाँ लगाउन थालेको मकैको बोटनै जंगली जनावरले सखाप पारेपछि किसानहरु चिन्तित बनेका हुन् । जंगली जनावरले मकैबाली मात्र होईन की किसानले लगाएको तरकारी बाली टमाटर समेत नष्ट गर्दै आएको छ। माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ्ग धन्चौरकी स्थानीय देवी खत्रीले बताईन । त्यस्तै तिन रोपनी बारीमा लगाएको मकैबाली घुवा लगाउन थालेको थियो दुम्सी र बदेलले सखाप पार्यो अर्का स्थानीय जेदा खड्काले दुखेसो पोखिन । पहिले समयमै मकै छर्ने पानी परेन्, मकैले धान फाल्न थालेको थियो, हावाहुरी सहितको पानीले मकैका धेरै बोटहरु भाचीदिए, बचेका मकैका बोटहरु जंगली जनावरले सखाप पार्यो अब के खाने होला खड्काले निन्याउरो मुख पार्दै भनिन् ।

यस्तै जिल्लाका अन्य स्थानहरु नाैबहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, ऐरावतीको बरौला, सरुमारानीको बागेंसाल, स्वर्गद्धारी नगरपालिकाको भिंग्री लगाएतका स्थानमा पनि जंगली जनावरले किसानको मकैबालीमा क्षेती पुर्याएको गुनासो आएको डिविजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए ।

जंगली जनावर अन्तर्गत बादर, दुम्सी, लगाएत अन्य जनावर बाहेक बदेलले खेतीबाली नष्ट पारेको अवस्थामा पिडित किसानहरुले वडा र प्रहरीको साझेदारीमा मुचुल्का उठाएर डिविजन वन कार्यालयमा क्षति विवरण बुझाएमा सम्बन्धित निकायसम्म राहतको लागि पहल गरिने रेन्जर पौडेलले बताए।

ग्रामीण स्थानमा बसोवास गर्ने मानिसको मुख्य आम्दानी भनेको कृषि पेसा हो । खेतीबाली, तरकारीबाली पशुपालन गरेरै घरखर्चको जोहो गरिरहेका हुन्छन । जंगली जनावरले खेतीवालीमा क्षती पुर्याएको अवस्थामा त्यस तर्फ सम्बन्धीत निकायले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...