News Portal

रेडियो सुन्नुहोस्

गोठिँबाङमा जिप दुर्घटना हुदाँ ४ जना घाइते

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
१३५२ पटक
२०७९ साउन २४, प्यूठान

प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउसो करिब १ बजे दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ नं.को जिप स्वर्गद्धारी नगरपालिका ४ गोठिँबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका १ घोडागाँउ बस्ने बर्ष ४२ कि गेमला सेनको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उनको टाउको, मुख र हातमा चोट लागेको छ ।
त्यस्तै सोही ठाउ बस्ने बर्ष ८ कि शोधारा शाह, दाङ ,घोराही उपमहानगपालिका १५ दिपसिकानगर बस्ने बर्ष ४९ कि रारा पुन र सोहि ठाउका बर्ष ४३ कि उमा शाह रहेका छन । त्यस्तै दुर्घटनामा घाइते रारा पुनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।
घाइते ४ जना मध्ये ३ जनालाई भिंग्रीमा सामान्य उपचार प्रश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित ग्रयाण्डी हस्पिटलमा रिफर गरिएको छ ।

गाडी चालक दाङ ,घोराही उपमहानगपालिका १३ का बर्ष ४४ का डम्मर मल्ल र गाडी प्रहरीको नियन्त्रणमा रहेका छन् । गाडीको ब्रेक फेल भई दुर्घटना भएको चालकले बताएको प्रहरीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...