News Portal

रेडियो सुन्नुहोस्

गोठिँबाङमा जिप दुर्घटना हुदाँ ४ जना घाइते

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
१२४३ पटक
२०७९ साउन २४, प्यूठान

प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउसो करिब १ बजे दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ नं.को जिप स्वर्गद्धारी नगरपालिका ४ गोठिँबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका १ घोडागाँउ बस्ने बर्ष ४२ कि गेमला सेनको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उनको टाउको, मुख र हातमा चोट लागेको छ ।
त्यस्तै सोही ठाउ बस्ने बर्ष ८ कि शोधारा शाह, दाङ ,घोराही उपमहानगपालिका १५ दिपसिकानगर बस्ने बर्ष ४९ कि रारा पुन र सोहि ठाउका बर्ष ४३ कि उमा शाह रहेका छन । त्यस्तै दुर्घटनामा घाइते रारा पुनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।
घाइते ४ जना मध्ये ३ जनालाई भिंग्रीमा सामान्य उपचार प्रश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित ग्रयाण्डी हस्पिटलमा रिफर गरिएको छ ।

गाडी चालक दाङ ,घोराही उपमहानगपालिका १३ का बर्ष ४४ का डम्मर मल्ल र गाडी प्रहरीको नियन्त्रणमा रहेका छन् । गाडीको ब्रेक फेल भई दुर्घटना भएको चालकले बताएको प्रहरीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...