News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रमा अनुगमन

झुलेनी पाेष्ट२०७९ साउन २५, प्यूठान
८६२ पटक
२०७९ साउन २५, प्यूठान

जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय प्यूठानको आन्तरिक सर्कुलर अनुसार जिल्लाका नौ वटै स्थानिय तहहरुले आफ्ना नगर तथा पालिका अन्तर्गतका बजार क्षेत्रमा आज एकै चरणमा बजार अनुगमन गरेका छन् । नगर तथा पालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले खाद्यान तथा किराना पसल, एग्रोभेट सेन्रटर, होटल लगाएतका पसलहरुमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा नगर भित्रका केही पसलहरुमा म्याद गुर्जिएका सामान, कतै व्यवसाय नै दर्ता नगरी पसलहहरु संचालन गरेको पाईएको प्यूठान नगरपालिकाका कार्यवाहक एवम् प्यूठान नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्यूठान नगरभित्रका मुख्य बजार क्षेत्र बाग्दुला, चेरनेटा, क्वाडि, जुम्री, बिजुवार मरन्ठाना लगाएतका बजार क्षेत्रका ब्यवसायीहरुको फर्म अनुगमन गरिएको हो ।
अनुगमन टोलीले व्यवसायीहरुसगँ सल्लाह सुझाव समेत माग गरेका थिए । नगरपालिकाले व्यवसायीहरुको हक हितको निम्ती बोल्नुपर्ने, नगरपालिकाद्धारा फोहोरको सहि ढंगले व्यवस्थापन गर्नु पर्ने लगाएतका माग राखेका छन् ।

प्यूठान नगरपालिका सहित जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रमा आज अनुगमन गरिएको हो । मुलुकको संघिय संरचना अनुसार स्थानीय तहहरुले बजार अनुगमनको जिम्मा पाएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...