News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रमा अनुगमन

झुलेनी पाेष्ट२०७९ साउन २५, प्यूठान
१०२७ पटक
२०७९ साउन २५, प्यूठान

जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय प्यूठानको आन्तरिक सर्कुलर अनुसार जिल्लाका नौ वटै स्थानिय तहहरुले आफ्ना नगर तथा पालिका अन्तर्गतका बजार क्षेत्रमा आज एकै चरणमा बजार अनुगमन गरेका छन् । नगर तथा पालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले खाद्यान तथा किराना पसल, एग्रोभेट सेन्रटर, होटल लगाएतका पसलहरुमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा नगर भित्रका केही पसलहरुमा म्याद गुर्जिएका सामान, कतै व्यवसाय नै दर्ता नगरी पसलहहरु संचालन गरेको पाईएको प्यूठान नगरपालिकाका कार्यवाहक एवम् प्यूठान नगरपालिका वडा नं.३ का वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्यूठान नगरभित्रका मुख्य बजार क्षेत्र बाग्दुला, चेरनेटा, क्वाडि, जुम्री, बिजुवार मरन्ठाना लगाएतका बजार क्षेत्रका ब्यवसायीहरुको फर्म अनुगमन गरिएको हो ।
अनुगमन टोलीले व्यवसायीहरुसगँ सल्लाह सुझाव समेत माग गरेका थिए । नगरपालिकाले व्यवसायीहरुको हक हितको निम्ती बोल्नुपर्ने, नगरपालिकाद्धारा फोहोरको सहि ढंगले व्यवस्थापन गर्नु पर्ने लगाएतका माग राखेका छन् ।

प्यूठान नगरपालिका सहित जिल्लाका नौ वटै स्थानीय तहका बजार क्षेत्रमा आज अनुगमन गरिएको हो । मुलुकको संघिय संरचना अनुसार स्थानीय तहहरुले बजार अनुगमनको जिम्मा पाएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...