News Portal

रेडियो सुन्नुहोस्

कुक्कु इलेक्ट्रोनिक ब्रान्ड बजारमा आउदै

झुलेनी पोष्ट २०७९ साउन ३१, प्यूठान
१५७९ पटक
२०७९ साउन ३१, प्यूठान

एच वान ग्रुपले कुक्कुकाे सामाग्री प्यूठानको बजारमा पनि ल्याउने भएको छ । कोरियन ब्रान्डको इलेक्ट्रोनिक सामाग्री बजारमा ल्याउने तयारीमा रहेको एचवान ग्रपु नेपालका अध्यक्ष जनक भुसालले बताए ।

मंगलबार प्यूठानको जुम्रीमा पत्रकार सम्मेलन गर्दै भुसालले किचन आइटमका सम्पुर्ण सामाग्रीहरुका साथै वाटर प्युरीफाएर, मल्टीपल राइस कुकर, एयर प्यूरिफाएर  सहितका सामाग्रीहरु ल्याउन लागेको बताए ।

मानिसहरुको जिवनशैलि र अस्वस्थकर खानपानले दैनिकीमा प्रभाव पारि अस्वस्थ भएको बताउदै उनले यि सामाग्रीहरुको प्रयोगले मानिसमा राम्रो प्रभाव हुने बताउदै कोरियन प्रविधि भएकोले स्वास्थ्यवर्दक, गुणस्तरीय र टिकाउ हुने बताए ।

कोरीयन ब्राण्ड भएकोले केहि महंगो भए पनि यस्ता सामाग्रीहरु फाइदाजनक भएको भुसालको दावी छ ।
देशैभर यस्को प्रचारमा लागेको कम्पनीका जनरल म्यानेजर कोमल प्रसाद खनालको भनाई छ ।

अव छिटैनै राष्ट्रिय पत्रकार सम्मेलन गरि कम्पनीको उद्घाटन गर्ने खनालले बताएका छन् । साथै जिल्लामा डिलर लिन चाहानेहरुका लागि आव्हान गरेको खनालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...