News Portal

रेडियो सुन्नुहोस्

जिल्लाभरका बालबालिकालाई कोभिड–१९ विरुद्वको फाइजर–बायोएनटेक खोप लगाउन सुरु

झुलेनी पोष्ट२०७९ भदौ ५, प्यूठान
५७९ पटक
२०७९ भदौ ५, प्यूठान

जिल्लामा आज आइतबारदेखी ५ – ११ वर्ष सम्मका बालबालिकालाई कोभिड – १९ विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउन सुरु गरिएको छ । कोभिड – १९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।

जिल्लाभरका ३८ हजार ४ सय ९४ जना लक्षित वर्गका बालबालिकालाई बायोएनटेक खोप दिने लक्ष्य रहेको छ । स्वास्थ्य कार्यालय प्यूठानको निर्देशनअनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुले आजदेखी भदौ ११ गते सम्म एकै चरणमा खोप अभियान सुरु गरेका छन् ।

जिल्लाका ३ सय ७८ वटा खोप केन्द्रबाट वडाका विद्यालयहरुबाट खोप दिन थालिएको छ । खोप अभियानका लागि जिल्लाभर ५ सय ९ जना स्वास्थ्यकर्मी र १ हजार १८ जना स्वंयसेवक खटिएका छन् ।

५ वर्ष देखी १२ वर्ष मुनिका बालबालिकाहरुलाई दिइने फाइजर बायोएनटेक खोप सुन्तला रगंको बिर्कोले चिनाईएको छ ।
देशभरका ३९ लाख ९५ हजार ८ सय ६८ जना लक्षित समुहका बालबालिकालाई यो खोप दिइने छ । यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...