News Portal

रेडियो सुन्नुहोस्

जिल्लाभरका बालबालिकालाई कोभिड–१९ विरुद्वको फाइजर–बायोएनटेक खोप लगाउन सुरु

झुलेनी पोष्ट२०७९ भदौ ५, प्यूठान
८०८ पटक
२०७९ भदौ ५, प्यूठान

जिल्लामा आज आइतबारदेखी ५ – ११ वर्ष सम्मका बालबालिकालाई कोभिड – १९ विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउन सुरु गरिएको छ । कोभिड – १९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।

जिल्लाभरका ३८ हजार ४ सय ९४ जना लक्षित वर्गका बालबालिकालाई बायोएनटेक खोप दिने लक्ष्य रहेको छ । स्वास्थ्य कार्यालय प्यूठानको निर्देशनअनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुले आजदेखी भदौ ११ गते सम्म एकै चरणमा खोप अभियान सुरु गरेका छन् ।

जिल्लाका ३ सय ७८ वटा खोप केन्द्रबाट वडाका विद्यालयहरुबाट खोप दिन थालिएको छ । खोप अभियानका लागि जिल्लाभर ५ सय ९ जना स्वास्थ्यकर्मी र १ हजार १८ जना स्वंयसेवक खटिएका छन् ।

५ वर्ष देखी १२ वर्ष मुनिका बालबालिकाहरुलाई दिइने फाइजर बायोएनटेक खोप सुन्तला रगंको बिर्कोले चिनाईएको छ ।
देशभरका ३९ लाख ९५ हजार ८ सय ६८ जना लक्षित समुहका बालबालिकालाई यो खोप दिइने छ । यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...