प्यूठान नगरपालिकामा मालपोत तिरो वन्द भएको १० दिनसम्म खुल्न सकेको छैन् । नगरपालिकाले प्राविधिक समस्या देखिएको भन्दै गत साउन २९ गते देखी एकीकृत सम्पतीको कर (मालपोत तिरो ) वन्द गरेको छ । मालपोत तिरो बन्द हुँदा सेवाग्राहीले समस्या भएको गुनासो गरेका छन् ।
नगरपालिकाले घर जग्गाको कर बढाएपछि सेवाग्राहीले गुनासो गरेपछि बन्द गरेको मालपोत तिरो अझै तिर्ने व्यबस्था सुचारु गरेको छैन् । मालपोत तिरो सुचारु गर्ने बिषयमा छलफल भईरहेकाले केहिदिनमै सुचारु हुने प्यूठान नगरपालिका प्रवक्ता सुमन श्रेष्ठले जानकारी दिए ।