आगामी मंसीर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी प्यूठानले प्रदेश निर्वाचन क्षेत्र नं.१ (क) मा तुल्सीराम शर्मालाई सर्वसहमत रुपमा उम्मेदवार बनाएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य तथा निवर्तमान जिल्ला पार्टी अध्यक्ष समेत रहेका शर्मालाई आज बसेको जिल्लास्तरिय पार्टीको तेस्रो बैठकले सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।