जनता समाजवादी पार्टी प्यूठानले प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले संघको प्रत्यक्षतर्फ दान बहादुर बस्नेतको नाम तय गरेको छ । त्यस्तै समानुपातिकतर्फ सृजना पोखरेल, केशव के.सि.र भगवती सुवेदीको नाम टुंगो लगाएको हो ।
प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ प्रकाश सुबेदि र ‘ख’ मा श्रीराम पोखरेललाई सिफरिस गरेको जिल्ला पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए ।
आदिबासी जनजातीतर्फ जुद्ध पुन, अशोक पुन मगर दलिततर्फ मिना बि.क र पार्टीका जिल्ला अध्यक्ष श्याम गहतराजलाई सिफारिस गरिएको छ ।