News Portal

रेडियो सुन्नुहोस्

रोल्पामा पनि कृषिमा स्नातक पढाइ हुने

महेश न्याैपाने, राेल्पाअसाेज २‍०
१४८० पटक
असाेज २‍०

रोल्पा नगरपालिकाको माडीचौरमा सञ्चालन गरिने सो क्याम्पस सञ्चालनका लागि केही वर्ष सम्भाव्यता अध्ययन गरिएको थियो । उच्च तहको कृषि प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्थापना हुन लागको क्याम्पसबाट दुर्गम जिल्लाका विद्यार्थी कृषि शिक्षाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

क्याम्पस सञ्चालनका लागि सबै तयारी पुरा भइसकेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । अबको केही दिनमा क्याम्पस सञ्चालन हुन्छ, प्रमुख केसीले भने । नगरपालिकालाई शैक्षिक हब वनाउने आफ्नो सपना पुरा हुन लागेको नगर केसीले प्रतिकृया दिए ।

प्रदेश ५ मा त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा भैरहवाको पक्लीहवामा कृषि क्याम्पस सञ्चालन हुँदै आएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयवाट सञ्चालन गरिने यस क्याम्पस संगै प्रदेश ५ मा कृषि स्नातक क्याम्पसको संख्या २ हुने भएको हो । रोल्पामा सञ्चालन गरिने क्याम्पसले दक्ष कृषि प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने जिल्लावासीले आशा व्यक्त गरेका छन ।

शैक्षिक क्षेत्रमा पछाडी पारिएको जिल्लामा सञ्चालनगरिने कृषि क्याम्पसले यस क्षेत्रको शैक्षिक सुधारमा अग्रणी भूमिका खेल्ने सरोकारवालाहरुले अपेक्षा गरेका छन ।

कृषि क्षेत्रको दक्ष प्राविधिक जनशक्ति उत्पादनले जिल्लाको विकासमा समेत टेवा पुग्ने आशा गरिएको छ । क्याम्पस सञ्चालनगरिने स्थान पूर्व सभामुख ओनसरी घर्ती मगर र संघीय सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन मगरको गृहगाउँ हो । यस अघि पूर्वी रोल्पाको घोडागाउँमा सो क्याम्पस स्थापना हुने चर्चा चलेपनि माडीचौरमा स्थापना गरिएको बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...