News Portal

रेडियो सुन्नुहोस्

असल क्षेत्री रिहा, कार्यकर्ताद्वारा नारावाजी

सिखबर संवाददाताकार्तिक ९, काठमाडाै
२०८३ पटक
कार्तिक ९, काठमाडाै

नेकपाका नेता चन्द्र बहादुर खड्का (असल क्षेत्री) रिहा भएका छन । गत भाद्र ५ मा काठमान्डौको नागढुगाबाट पक्राउ परेका क्षेत्री आज रिहा भएका हुन ।बुटवलको भारतिय पेन्सन क्याम्पमा आगजनी गरेको आरोप लगाइएका उनलाइ संलग्न नभएको भन्दै अदालतले गरेको छाड्न गरेको आदेश लत्याउदै उनलाई फेरी पक्राउ गरी मकवानपुरको विष्पोटको घटनासंग जोडेर मकवापुर लगिएको थियो ।

सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो ।खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रका लगायत विपक्षीहरुको नाममा असोज १५ गते सोमबार आदेश दिएको थियो ।

रिहापछि उनका समर्थक तथा नेकपाका कार्यकर्ताले खुशीयाली मनाएका छन ।
पक्राउ गरेपछि शारिरिक यातना समेत दिएको सरकारले उनलाइ मानसिक रुपमा पनि यातना दिदै कहिले काठमान्डौं, कहिले रुपन्देही त कहिले मकवानपुर डुलाएको थियो । जनयुद्धमा जनमुक्ति सेनाको विग्रडियर कमाण्डर समेत बनेका उनि सल्यानका कम्युनिष्ट नेता हुन । जनयुद्धको वलमा बनेको गणतन्त्रको कम्युनिष्ट सरकारले नै उनलाइ पक्राउ गरेर दुख दिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...