News Portal

रेडियो सुन्नुहोस्

पुस्तकालयमा रमाउँदै-सिक्दै विद्यार्थीहरु

घनश्याम अस्तित्व प्यूठान कार्तिक १७
१२५२ पटक
प्यूठान कार्तिक १७

जब एघार बज्छ, पुस्तकालयको ढोका खुल्छ । ढोका वरिपरि पुस्तकहरू समाएर झूमेका बिद्यार्थीहरू पुस्तकालय भित्र पस्छन् । कोही लगेको किताब पढी सकेर बुझाउछन्, कोही त्यही बसेर पढ्छन् त कोही नयाँ किताव बोकेर निस्कन्छन् । यस्तो दृश्य देखिन्छ आजकाल जनता माध्यामिक बिद्यालय ऐरावती-६ बिजुली प्यूठानको पुस्तकालय सेरोफेरोमा ।

एक बिद्यालय – एक पुस्तकालय कार्यक्रम अन्तर्गत यही शैक्षिक सत्रको सुरूआतमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आर्थिक सहयोगमा बिद्यालयमा पुस्तकालयको स्थापना भएको हो । रूम टु रिड कार्यक्रम अन्तर्गत पनि बिद्यालयमा केही पुस्तकहरू आएको तर राम्रो र ब्यवस्थित पुस्तकालय स्थापना गर्ने सपना यसपटक पुरा भएको बिद्यालयका प्रधानध्यापक खडानन्द पौडेलले बताउनुभयो ।

जिल्लाको पश्चिम क्षेत्रकै पहिलो, २०१६ सालमा स्थापित बिद्यालय ज.मा.बि. शैक्षिक उपलब्धिका हिसाबले पनि बेलाबखत चर्चामा आउने उहाँले बताउनुभयो । पुस्तकालय निर्माण पश्चात बिद्यार्थीहरू बिद्यालयको पाठ्यक्रममा आधारित पुस्तकहरूमा मात्रै आफ्नो अध्ययन सिमित नगरेर आफ्नी रूचिका बिभिन्न क्षेत्रहरूको पुस्तकहरूको पनि अध्ययन गर्दछन् ।

त्यसमा पनि कुनै दिन खाली हुने पिरियडमा बिद्यार्थीहरूले आफ्नो समय पुस्तकालयमा बिताउछन् । “पुस्तकालयभित्र अध्ययन गरि नसिध्यिने पुस्तकहरू बिद्यार्थीहरू आफ्नो घरमा लैजाने र अध्ययन गरि सिध्याएपछि पुस्तकालयको नियम बमोजिम तोकिएको दिनभित्र पुस्तकालयमा लिएर बुझाउने गर्दछन्”, लाइब्रेरियन देवा गुरूड़ले बताउनु भयो ।

पुस्तकालयमा बिभिन्न बिधा कला-साहित्य, राजनीति, धर्म, दर्शन, कृषी, बिज्ञान, सामान्य ज्ञान लगायतका हजार बढि पुस्तकहरू छन् । पुस्तकालय निर्माणसंगै शिक्षक, बिद्यार्थी र स्थानीय बुद्धिजिबीहरू सबैमा अध्ययन गर्ने बानी र संस्कृतिको झन् बढि बिकास हुँदै जान थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...