News Portal

रेडियो सुन्नुहोस्

पुस्तकालयमा रमाउँदै-सिक्दै विद्यार्थीहरु

घनश्याम अस्तित्व प्यूठान कार्तिक १७
१५१३ पटक
प्यूठान कार्तिक १७

जब एघार बज्छ, पुस्तकालयको ढोका खुल्छ । ढोका वरिपरि पुस्तकहरू समाएर झूमेका बिद्यार्थीहरू पुस्तकालय भित्र पस्छन् । कोही लगेको किताब पढी सकेर बुझाउछन्, कोही त्यही बसेर पढ्छन् त कोही नयाँ किताव बोकेर निस्कन्छन् । यस्तो दृश्य देखिन्छ आजकाल जनता माध्यामिक बिद्यालय ऐरावती-६ बिजुली प्यूठानको पुस्तकालय सेरोफेरोमा ।

एक बिद्यालय – एक पुस्तकालय कार्यक्रम अन्तर्गत यही शैक्षिक सत्रको सुरूआतमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आर्थिक सहयोगमा बिद्यालयमा पुस्तकालयको स्थापना भएको हो । रूम टु रिड कार्यक्रम अन्तर्गत पनि बिद्यालयमा केही पुस्तकहरू आएको तर राम्रो र ब्यवस्थित पुस्तकालय स्थापना गर्ने सपना यसपटक पुरा भएको बिद्यालयका प्रधानध्यापक खडानन्द पौडेलले बताउनुभयो ।

जिल्लाको पश्चिम क्षेत्रकै पहिलो, २०१६ सालमा स्थापित बिद्यालय ज.मा.बि. शैक्षिक उपलब्धिका हिसाबले पनि बेलाबखत चर्चामा आउने उहाँले बताउनुभयो । पुस्तकालय निर्माण पश्चात बिद्यार्थीहरू बिद्यालयको पाठ्यक्रममा आधारित पुस्तकहरूमा मात्रै आफ्नो अध्ययन सिमित नगरेर आफ्नी रूचिका बिभिन्न क्षेत्रहरूको पुस्तकहरूको पनि अध्ययन गर्दछन् ।

त्यसमा पनि कुनै दिन खाली हुने पिरियडमा बिद्यार्थीहरूले आफ्नो समय पुस्तकालयमा बिताउछन् । “पुस्तकालयभित्र अध्ययन गरि नसिध्यिने पुस्तकहरू बिद्यार्थीहरू आफ्नो घरमा लैजाने र अध्ययन गरि सिध्याएपछि पुस्तकालयको नियम बमोजिम तोकिएको दिनभित्र पुस्तकालयमा लिएर बुझाउने गर्दछन्”, लाइब्रेरियन देवा गुरूड़ले बताउनु भयो ।

पुस्तकालयमा बिभिन्न बिधा कला-साहित्य, राजनीति, धर्म, दर्शन, कृषी, बिज्ञान, सामान्य ज्ञान लगायतका हजार बढि पुस्तकहरू छन् । पुस्तकालय निर्माणसंगै शिक्षक, बिद्यार्थी र स्थानीय बुद्धिजिबीहरू सबैमा अध्ययन गर्ने बानी र संस्कृतिको झन् बढि बिकास हुँदै जान थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...