News Portal

रेडियो सुन्नुहोस्

अधिवेशन नजिकिदै जाँदा नेविसंघ प्युठानमा विवाद

सागर रिजाल प्युठान,४ पुस
१११६ पटक
प्युठान,४ पुस

नेपाल विद्यार्थी संघ प्युठानको अधिवेशन नजिकिदै जाँदा विवाद चुल्लिएको छ । पार्टी संगठनको विवादले गर्दा नेविसंघमा पनि विवाद वढेको नेविसंघ प्युठानका सचिव कल्याण विक्रम केसीले बताए । २ महिना अघि मात्र भएको अधिवेशनलाई अध्यक्षको अनुमतिविना अर्को पक्षले फेरी नयाँ कार्यसमिति बनाएको छ । अध्यक्ष एन.पी मगर, सचिव कल्याण विक्रम केसीको समुह एकातर्फ छ भने नेविसंघका क्षेत्रीय उपसभापती गिर बहादुर घर्ति, भोजराज भण्डारी र क्षेत्रिय सहसचिव रुकमान रोका क्षेत्री अर्को पक्षमा रहेका छन् ।
सहसचिव रुकमान रोका क्षेत्री, क्षेत्रीय सभापती गरि बहादुर घर्ति मगर र भोजराज भण्डारीको समुहले अध्यक्षलाई नसोधी नौवहिनी गाउँपालिका स्थित गंगा माध्यामिक विद्यालय वाहनेमा कृष्ण केसी र बालशिक्षा माध्यामिक विद्यालय झिमरुक गाउँपालिका ओखरकोटमा प्रकाश थापाको नेतृत्वमा नयाँ कमिटि गठन गरेको छ ।
संघको अधिवेशन नजिकिदै जादाँ विद्यार्थी संगठनले अध्यक्षलाई विना सूचना कमिटि गठन गर्दै ँ जानाले नेविसंघमा ठुलो धक्का पुगेको सचिव केसीले बताए । यहि पुस ९ र १० गते अधिवेशन गर्ने निर्णय गरेका थियौँ । केसीले भने,‐‘साथीहरुले सोधपुछ विना कमिटि फेर्दै हिडेका छन् । ’
संगठनले २ महिना अगाडी जिल्लाका सबै माविमा इकाई कमिटि गठन गरेको थियो । अबको अधिवेशनमा विधि र विधान अनुसार अगाडी वढ्ने भन्दा अर्को पक्ष विवादमा आई सोधपुछ विना कमिटि गठन गर्दै हिडेको केसीले बताए । सबै स्थानिय तहका विद्यार्थीहरुलाई समेटी अधिवेशन गरिने उनले बताए ।
अधिवेशनको मुखमा क्षेत्रीय सभापती र क्षेत्रीय सहसचिवको नेतृत्वले गठन गर्दै जाँदा आफुले पनि यसको विरुद्धमा जिल्ला स्थित माध्यामिक विद्यालयको अधिवेशन बुधवारदेखि शुरु गर्ने बताए । आफुलाई केहि नसोधी साथीहरुले कमिटि गठन गर्दै हिडेको नेविसंघ प्युठानका अध्यक्ष एनपी मगरले बताए । उनले भने,‐‘सबै साथीलाई मिलाएर लानका लागि छिटै वैठक बसी अगाडी वढने छौँ । ’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...