News Portal

रेडियो सुन्नुहोस्

१२ बुदे माग सहित देशभरका भेटेनरी प्राविधिकले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सिखबर संवाददातापाैष २० काठमाडौँ
१८५३ पटक
पाैष २० काठमाडौँ

मुलुक संघीयतामा गए पश्चात कर्मचारतन्त्रमा आएको विक्षिप्त पन कृषि प्राविधिकहरुमा पनि देखिएको छ । केन्द्रमा बसेर डिङ हाँक्ने प्राविधिकहरुलाई जिल्ला प्रदेश तथा स्थानीय तहमा पठाउनका लागि अहिले समायोजन प्रक्रिया अगाडि बढेपनि रुनु न हाँस्नु भएको छ । त्यसमाथि पनि प्रशासन तर्फका कर्मचारीहरुले प्राविधिक कर्मचारीहरु माथि गर्ने अन्याय झनै मौलाएको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि प्राविधिक कर्मचारीहरुको भूमिका महत्वपूण भएको भएपनि त्यसलाई स्वीकार गर्न नसक्दा अहिले विचलन आएको हो । यसै सन्दर्भमा नेपाल सरकार कृषि क्षेत्रको विकास र उत्पादकत्व बृद्धि गर्नका लागि जस्तो सुकै कदम अगाडि चाल्ने बताएको छ ।

पाँच वर्षमा दोव्वर उत्पादन गर्ने सोचमा अगाडि बढेको सरकारले कृषि प्राविधिकहरुलाई भने अन्याय गरेको भन्दै नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समितीका ७७ ओटै जिल्लाका जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई दुई बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

एडिएसमा उल्लेख गरे बमोजिम नै गाउँ गाउँमा कृषि तथा भेटेरीनरी प्राविधिक पु-याउने उदेश्यले एक गाउँ एक प्राविधिकको अवधारण सरकारले ल्यायो । सोही बमोजिम लोकसेवा आयोग मार्फत परिक्षा लिई गाउँ गाउँमा पनि खटाउने काम ग¥यो तर अहिले तीनै प्राविधिकहरुलाई पाखा लगाएको भन्दै सो समितिले ज्ञानप पत्र बुझाएको हो ।

समितिले बुझाएको मागमा एक गाउँ एक कृषि भेटेरीनरी प्राविधिक सञ्चालन निर्देशिका २०७३ बमोजिम नियुक्ति भई स्थानीय तहका कार्यरत कर्मचारीलाई स्वत स्थायी गर्नु पर्ने, तत्काल निजामती सेवा ऐन परिमार्जनको चरणमा रहँदा निजामती सेवा ऐनको दफा ८मा रा.प. अन.द्धि पद नरहने व्यवस्था गर्न खोजिएकाले हालसम्म प्राविधिक विषयमा अध्ययन गरेका कृषि, भेटेरीनरी, अमीन लगायतका प्राविधिक पद कायम राखी खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्नु पर्ने माग राखेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...