News Portal

रेडियो सुन्नुहोस्

प्यूठान बेल्वासका थमुराम कालाथोकीको शव जंगलमा कुहिएको अवस्थामा फेला

सिखबर संवाददाताचैत २७, स्वर्गद्वारी
२२६२ पटक
चैत २७, स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ स्वर्गद्वारी धरमपानीको जंगलमा कुहिएको अवस्थामा रहेको शव फेला परेको छ ।
गाउँका स्थानीय मान्छेहरु जंगलमा कोइराल टिप्न जादा देखेपछि प्रहरीलाई खवर गरेका थिए खवर प्राप्त भए लगत्तै प्रहरी घट्ना स्थलमा पुगेको थियो ।घट्ना स्थलमा पुगेर शवको विषयमा अनुसन्धान गर्दा मृतक व्यक्ती स्वर्गद्वारी नगरपालिका वडा नं ७ बेल्बास नल्सी निवासी ३५ वर्षि थमुराम कालाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।

कालाथोकी मानसिक सन्तुलन ठिक नभएकाले उपचारको क्रममा घोराही गएको र त्यहाँ देखि फर्किदै गर्दा शिवरात्रीको दिन देखि उनी सम्पर्कविहिन भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी परिवारको सम्पर्क बाहिर भइसकेपछि आफन्तले प्रहरीमा खोजी गर्नको निम्ति उजुरी दिएका थिए तर उनी फेला परेका थिएनन् आज उनको शव कुहिएको अवस्थामा भेटिएपछि वडा नं २ का जनप्रतिनिधी र प्रहरीको रोहवरमा परिवारलाई जिम्मा लगाइएको २ नम्वरका वडा सदस्य विष्णु खनालले जानकारी दिनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...