News Portal

रेडियो सुन्नुहोस्

विप्लवको नाममा ज्यानमार्ने धम्कि दिदै चन्दा उठाउने कांग्रेस नेता पक्राउ

सिखबर संवाददाताचैत्र २९ काठमाण्डौ
१३५४ पटक
चैत्र २९ काठमाण्डौ

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीको नेता हुं भन्दै चन्दा उठाउने नेपाली कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।

नेपाली काँग्रेसका नेताले नेपाल कम्युनिस्ट पार्टीको नाममा व्यवसायीसँग दुई करोड रकम माग्दै गरेको खुलासा भएको छ ।

काँग्रेस नेता चेतबहादुर गुरुङले बमले घर उडाईदिने धम्की दिँदै एक जग्गा व्यवसायीसँग दुई करोड माग गरेका हुन् । उनीसहित अन्य चार जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेसँगै सो खुलासा भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विहीबार एक विज्ञप्ति जारी गरेर चेतबहादुरसँगै उनका सहयोगीलाई बुधबार पक्राउ गरेको बताएको छ । पेशाले राजनीतिकर्मी चेतबहादुरको स्थायी घर गोरखा अजिरकोट गाउँपालिका–४ हो । उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत भएको प्रहरीले बताएको छ ।

काँग्रेस नेता गुरुङले आफू नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै व्यवसायीहरुलाई दुई करोड मागेको थिए । नदिए ज्यान मार्ने धम्की दिनुको साथै घर नै बमले उडाइदिने धम्की दिँदै उनले उक्त रकम मागेको प्रहरीले बताएको छ ।

चारैजना गोरखा निवासी हुन् । गोरखा सुलिकोट गाउँपालिका–४ का सोमबहादुर गुरुङ व्यवसायी हुन् भने वीरबहादुर गुरुङ पेट्रोल पम्पमा काम गर्दै आएको प्रहरीले बताएको छ । त्यसैगर गोरखाकै सुलिकोट–४ का सुनिल ढकाल संयुक्त यातायातका सह–चालक भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुले हाल काठमाडौँको खुशिबु बस्दै आएका गोरखा सुलिकोट–८ का सापकोटा थरका जग्गा व्यवसायीलाई भारतीय नम्बरबाट समेत फोन र म्यासेज गरेर धम्की दिँदै आएका थिए ।

चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...