News Portal

रेडियो सुन्नुहोस्

विप्लवको नाममा ज्यानमार्ने धम्कि दिदै चन्दा उठाउने कांग्रेस नेता पक्राउ

सिखबर संवाददाताचैत्र २९ काठमाण्डौ
१२३३ पटक
चैत्र २९ काठमाण्डौ

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीको नेता हुं भन्दै चन्दा उठाउने नेपाली कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।

नेपाली काँग्रेसका नेताले नेपाल कम्युनिस्ट पार्टीको नाममा व्यवसायीसँग दुई करोड रकम माग्दै गरेको खुलासा भएको छ ।

काँग्रेस नेता चेतबहादुर गुरुङले बमले घर उडाईदिने धम्की दिँदै एक जग्गा व्यवसायीसँग दुई करोड माग गरेका हुन् । उनीसहित अन्य चार जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेसँगै सो खुलासा भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विहीबार एक विज्ञप्ति जारी गरेर चेतबहादुरसँगै उनका सहयोगीलाई बुधबार पक्राउ गरेको बताएको छ । पेशाले राजनीतिकर्मी चेतबहादुरको स्थायी घर गोरखा अजिरकोट गाउँपालिका–४ हो । उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत भएको प्रहरीले बताएको छ ।

काँग्रेस नेता गुरुङले आफू नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै व्यवसायीहरुलाई दुई करोड मागेको थिए । नदिए ज्यान मार्ने धम्की दिनुको साथै घर नै बमले उडाइदिने धम्की दिँदै उनले उक्त रकम मागेको प्रहरीले बताएको छ ।

चारैजना गोरखा निवासी हुन् । गोरखा सुलिकोट गाउँपालिका–४ का सोमबहादुर गुरुङ व्यवसायी हुन् भने वीरबहादुर गुरुङ पेट्रोल पम्पमा काम गर्दै आएको प्रहरीले बताएको छ । त्यसैगर गोरखाकै सुलिकोट–४ का सुनिल ढकाल संयुक्त यातायातका सह–चालक भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुले हाल काठमाडौँको खुशिबु बस्दै आएका गोरखा सुलिकोट–८ का सापकोटा थरका जग्गा व्यवसायीलाई भारतीय नम्बरबाट समेत फोन र म्यासेज गरेर धम्की दिँदै आएका थिए ।

चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...