News Portal

रेडियो सुन्नुहोस्

दुर्गाराज बुढाको हातमा ‘मिनि म्याराथुन’को उपाधी

सागर रिजालप्युठान ,१ बैशाख
१२६६ पटक
प्युठान ,१ बैशाख

सबैका लागि खेलकुद’ ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्युठानमा आयोजित दोस्रो मदन भण्डारी स्पोट्स खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी दुर्गाराज बुढाले जित्नुभएको छ ।

मदन भण्डारी स्पोर्टस ऐकेडेमी प्युठानले नया बर्षको अवसर पारेर अल्ट्राधावक एवं पर्बतारोही संजय पण्डितको स्मृतीमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४९ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै रुकुमको साख गाउँपालिका ५ का दुर्गाराज बुढाले उपाधी हात पार्नुभएको हो । उहाले १५ किलोमिटरको दुरी ५७ मिनेट ६ सेकेण्डमा पार गर्नुभयो ।

त्यस्तै ५८ मिनेट ८ सेकेण्डमा सोही दुरी पार गरी नेपाली सेनाका जनक चन्द दोस्रो र ५८ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्युठान स्याउंलिवाङका रुपलाल बुढामगर तृतीय हुनुभएको हो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ट ७ भित्र परेका अन्य चार प्रतियोगी निमवाङ तामाङ,दामोदर बुढामगर,हिरा कुमाल र कृष्ण बुढालाई प्रोत्साहन स्वरुप नगद,मेडल र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् एकेडेमीका केन्द्रीय अध्यक्ष तथा विनोद श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

शनिवार बिहान जिल्लाको चकचके देखि बाग्दुला बजार सम्मको १५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको मदन भण्डारी स्पोट्रस एकेडेमी प्युठानका अध्यक्ष युवराज केसिले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...