News Portal

रेडियो सुन्नुहोस्

राहतकोषमा स्वास्थ्यकर्मीहरुद्धारा सहयोग

बोम बहादुर परियार२० जेठ २०७७
१४६७ पटक
२० जेठ २०७७

प्यूठान, ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ अमिलिमा कार्यरत अनमी मनिषा के.सीले राहत कोषमा सहयोग जम्मा गर्नुभएको छ।
वडा कार्यालयलले स्थापना गरेको राहत तथा आपुर्ति ब्यवस्थापन समितिमा १२ हजार बरावरको खाद्यान्य सामग्री सोमबार हस्तान्तरण गर्नुभएको हो। उहाँले चामल १८० के.जी, १८ के.जी नुन, ९ लिटर तेल, १८ पिस साबुन हस्तान्तरण गर्नुभएको हो। बन्दाबन्दीको बेला वडामा रहेका अति विपन्न परिवारका लागि खाद्यान्य अभाव नहोस भन्ने उदेश्यले आफुले सहयोग गरेको अनमी मनिषा के.सीले बताउनुभयो।
अनमी के.सीकै पहलमा बर्दियामा कार्यरत अनमी लिला गिरीले राहत कोषमा १० हजार रकम जम्मा गर्ने वताउनुभएको छ। बर्दियाबाट समेत वडाका विपन्न परिवारका लागि सहयोग आएकोमा आफुहरु खुसी भएको भन्दै वडा अध्यक्ष द्रोण प्रसाद पाण्डेले अनमी के.सीलाई पहलका लागि धन्यबाद दिनुभयो। उहाँले प्राप्त सहयोगलाई अति विपन्न परिवारलाई प्रदान गर्ने समेत बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...