News Portal

रेडियो सुन्नुहोस्

स्थानियद्वारा यात्रुलाई मास्क वितरण

सिखबर संवाददाताश्रावण १९, प्यूठान
१२९९ पटक
श्रावण १९, प्यूठान

कोरोना भाइरस कोभिड १९ बाट जोगिन मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन प्यूठान नगरपालिका ४ टारी भौकाका स्थानीयले यात्रुलाई माक्स वितरण गरेका छन् ।

सोमबार बिहानैबाट भौका चोकमा बसेर जुम्री–बिजुवार सडक खन्डमा मास्क वितरण गर्न थालेको स्थानीय यादब भण्डारीले वताउनुभयो । उहाले कोरोनाको महामारीमा जोगिन सबैले मास्क लगाउनु पर्छ भन्ने सन्देश दिनको लागि मास्क वितरण गरेको वताउनुभयो । सोमबार बिहानभरमा झन्डै ७ सय जनालाइ वितरण गरेको भण्डारीले बताउनुभयो ।

माक्स वितरण कार्यक्रममा प्रहरीले समेत सहयोग गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयसँग मिलेर यात्रुलाइ मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम गरेको प्रहरीले जनाएको छ । सडकमा बसेर मास्क वितरण गर्ने कार्यक्रमले कोरोना भाइरस कोभिड १९ लाइ नियन्त्रण गर्न सहयोग पुग्ने जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...