News Portal

रेडियो सुन्नुहोस्

ग्यास चुहिएर आगलागी, उपचारका क्रममा खनाल दम्पतीको मृत्यु

झुलेनी नेटवर्क २०७८ असोज ५ झापा
८२५ पटक
२०७८ असोज ५ झापा

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।

 

गम्भीर घाइते रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनीहरूको सोमबार साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।

 

आगलागीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घाइते छन्। उनको स्वास्थ्य अवस्था भने सामान्य छ।

 

गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आगलागी भएको थियो। खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो।

 

आगलागीबाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...