News Portal

रेडियो सुन्नुहोस्

ग्यास चुहिएर आगलागी, उपचारका क्रममा खनाल दम्पतीको मृत्यु

झुलेनी नेटवर्क २०७८ असोज ५ झापा
७४७ पटक
२०७८ असोज ५ झापा

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।

 

गम्भीर घाइते रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनीहरूको सोमबार साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।

 

आगलागीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घाइते छन्। उनको स्वास्थ्य अवस्था भने सामान्य छ।

 

गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आगलागी भएको थियो। खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो।

 

आगलागीबाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...