News Portal

रेडियो सुन्नुहोस्

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

झुलेनी नेटवर्क२०७८ मंसिर १७, काठमाडौँ
१३७ पटक
२०७८ मंसिर १७, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक बाेलाइएकाे छ ।

नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी