News Portal

रेडियो सुन्नुहोस्

रोल्पाको त्रिवेणी १ लाइ बालश्रममुक्त वडा घोषणा

नवराज राना मगर/ अमृत वलि२०७८ मंसिर २१, राेल्पा
३७६ पटक
२०७८ मंसिर २१, राेल्पा

रोल्पा जिल्ला अन्तर्गत त्रिवेणी गाउँपालिकाको वडा नं. १ लाई सोमबार एक समारोहको बिचमा बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको छ । यो सँगै गाउँपालिकामा वडा घोषणा गर्ने यो चौथो बनेको छ । यसअघी वडा नं ५, ४ र ३ नं वडालाइ घोषणा गरिएको थियो ।

त्रिवेणी गाउँपालिका वडा नं. १ का अध्यक्ष देउराम घर्तीको अध्यक्षतामा आयोजित घोषणा सभामा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष वलीले गाउँपालिकालाइ बालश्रमुक्त घोषणा कार्यमा सामाजिक अभयानका रुपमा लिन र सघाउन सबैलाइ आग्रह गरे ।

घोषणा कार्यक्रमका लागि सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतना केन्द्र (हुरेक) लगायत सरोकारवालाहरुको सहजीकरण गर्दै आएका छन् । घोषणा सभाको अवसरमा बालबालिका, बालक्लव, व्यापारी, उद्योगी, आमा तथा महिला समूह,  वडा बाल अधिकार समिति, शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,  स्थानीयवा, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुको सहभागीमा थियो ।

स्थानीयहरुले झाकि तथा जुलुस निकालि बालश्रम अन्त्यका लागि सबैले प्रतिवद्धता जनाएका छन । कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक समेत प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...