News Portal

रेडियो सुन्नुहोस्

प्रदेश २ काे नामकरण गर्न ‘विशेष समिति’ गठन

जसपा, कांग्रेस, नेकपा समाजवादी र माओवादी गठबन्धनभित्रै मतान्तर

सन्तोष सिंह२०७८ पुस १४, 
३४३ पटक
२०७८ पुस १४, 

प्रदेश २ नामकरणका लागि दलहरूबीच सहमति नभएपछि प्रदेशसभामा भएका सबै दलबाट सांसद समेटेर ‘विशेष समिति’ गठन गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।

दलीय सहमतिका आधारमा गठित ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ लाई प्रतिवेदन पेस गर्न १५ दिनको समयावधि तोकिएको छ । समितिले आवश्यक परे स्थलगत भ्रमण, अन्तरक्रिया तथा छलफल पनि गर्न सक्ने सभामुख यादवले बताए ।

प्रदेशसभामा मधेस, मिथिला भोजपुरा, जानकी र मध्य–मधेस गरी चार नाम प्रस्ताव गरिएका छन् । प्रदेशसभाबाट नाम पारितका लागि कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नपुग्ने भएपछि दोस्रोपटक पनि प्रदेशको नामकरण अन्योलमा छ । जनता समाजवादी (जसपा), कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र गठबन्धनको प्रदेश सरकारमा दुई तिहाइ मत भए पनि नाममा गठबन्धन दलहरू एकमत छैनन् । जसपा र माओवादी केन्द्रले गरेको मधेस प्रदेश नाम प्रस्तावमा प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टीले समेत समर्थन गरेको छ । एकीकृत समाजवादीले जानकी र कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेको छ ।

एमालेले पनि जानकी प्रदेश प्रस्ताव गरेको छ । नामकरणको विषयमा सत्ता गठबन्धन दलहरूले नै फरक–फरक प्रस्तावमा अडान लिएपछि प्रदेश २ को नाममा बहुमत जुटाउन समस्या भएको हो ।

१ सय ७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका ३ जना निलम्बन भएपछि हाल १ सय ४ जना सांसद छन् । जसपाका ३९, कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादी १३, एमाले ८, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । प्रदेशको नामकरण टुंग्याउन प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ मतका लागि ७० जना सांसद चाहिन्छन् । मधेस प्रदेशको पक्षमा जसपा ३९, माओवादी केन्द्र ८ र लोसपाका १६ जना गरी ६३ सांसद मात्रै छन् । मधेस प्रदेश प्रस्तावमा बहुमत जुटाउन तीन दललाई थप ७ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा एकीकृत समाजवादीमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले छुट्टाछुट्टै प्रस्ताव पेस गरेका छन् ।

हाल सत्तारूढ गठबन्धनभित्रै फरक–फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पु¥याउनका लागि कठिनाइ देखिएको छ । कांग्रेस मिथिला–भोजपुरा नभए मध्य मधेस सहमति गर्न सकारात्मक छ । मंगलबार बसेको संसदीय दलको बैठकमा मिथिला–भोजपुरा प्रस्ताव असफल हुने भएपछि मध्य–मधेसमा सहमतिका लागि प्रयास गर्ने विषयमा छलफल भए पनि सहमति हुन नसकेको कांग्रेसका एक सांसदले बताए ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...