News Portal

रेडियो सुन्नुहोस्

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव

झुलेनी नेटवर्कमाघ १४, २०७८
६४० पटक
माघ १४, २०७८

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाइसकेका छन् ।

खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘खोप अभियान सुरु गर्न केन्द्रको निर्देशन आएको छ,’ उनले भने, ‘तर खोप नै नभएपछि अभियान सञ्चालन गरेका छैनौं ।’ जिल्लाभरिका स्वास्थ्य संस्थामा बुस्टर मात्रा लगाउन स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

पहिलो र दोस्रो मात्राको खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीलाई बुस्टर लगाउन संघीय सरकारसँग ५ हजार डोज खोप मागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार १२ वर्षदेखि १८ वर्षमुनिका ५ हजार ८ सय ८१ बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप दिइसकिएको छ । उक्त खोपको दोस्रो मात्रा २८ दिनको फरक पारी माघ २ मा लगाउन सुरु गरिएको स्वास्थ्य प्रमुख सिंहले बताए । कार्यालयले ७ गाउँपालिकामा पुस ४ दखि १४ सम्म अभियान सञ्चालन गरेको थियो ।

हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिन हुने देखिएपछि नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाले भने पहिलो डोज पनि लगाउन पाएका छैनन् । बर्सेनि झन्डै ६ महिना लिमी आसपासका डाँडाकाँडा हिउँले छोपिएका हुन्छन् । नाम्खामा लिमीबाहेकका ३ सय ३१ बालबालिकालाई खोप दिइएको छ । लिमीमा झन्डै २ सय ५० बालबालिका छन् ।

 

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...