News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : लिंगीय सन्तुलनको विषय ख्याल गरौं

झुलेनी नेटवर्क२०७९ जेठ ११ प्यूठान
१८८४ पटक
२०७९ जेठ ११ प्यूठान

गणतान्त्रिक संविधान जारी भए पश्चात् स्थानीय निकायको दोस्रो कार्यकालको निर्वाचन सफलता पूर्वक सम्पन्न भएको छ । निर्वाचनको परिणामहरू आइरहेको छ । यो निर्वाचनको मत परिणामहरु हेर्दा पहिलेको भन्दा फरक छैन ।

२०७४ सालको स्थानीय निकायको निर्वाचन खास कारणले चर्चामा थियो प्रचण्डले आफ्नी छोरीको सहज जित सुनिश्चित गर्न भरतपुर महानगरमा गठबन्धनका लागि कांग्रेस सभापति देउवालाई सहमत गराएको विषय । त्यसले चौतर्फी चर्चा थियो । मत पत्र च्याथ्ने सम्मको घटना समेत घटेको थियो । त्यसले आलोचना र निन्दा निम्त्याएको थियो । त्यसैको प्रतिफल, देशभरका मतगणना केन्द्रहरूमा अहिले तारजालीको व्यवस्था गरेर मतगणना गरियो । यसपालि भने त्यस बेलाको झै मतपत्र च्याथ्ने घटना अझै कतै भएका छैनन् । घटेका छैनन् । यो निर्वाचनमा देशभरका पालिकाहरूबाट सबै राजनीतिक दलले आ–आफ्नो धरातल नाप्ने अवसर पाए । यसबाट संसदको परिणाम त्रिशंकु हुने प्रक्षेपण भयो । नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी तेस्रो शक्तिका रूपमा अंकित हुने प्रारम्भीक मतपरिणामहरुले देखाइसकेको छ । यो निर्वाचनमा भएको गठबन्धनले कांग्रेसलाई दोस्रोबाट पहिलो शक्ति बनाएको छ ।

दोस्रो पटक गाँसिएको लगनगाँठो नफुस्कियोस् भन्नेमा देउवा सचेत छन् । किनभने यो गठबन्धन संसदीय निर्वाचनमा समेत भयो भने कांग्रेस पहिलो पार्टी बन्ने पक्का जस्तो भएको छ । स्थानीय सरकारका लागि भएको चुनावमा दुई ठूला दलहरूले नै गठबन्धन गरेपछि नागरिक समुदायबाटै यस्तो प्रवृत्तिको विरोध भइरहेको छ । स्वतन्त्र छनोटको अधिकारलाई कुण्ठित गरिएको छ । गठबन्धनकै कारण शीर्ष दुई पदमा संविधानले परिकल्पना गरेको लिंगीय सन्तुलनमा समेत असर परेको छ । गठबन्धनका कारण देशभरबाट प्रमुख र उपप्रमुखमा महिला निकै कम निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...