News Portal

रेडियो सुन्नुहोस्

मातृ मृत्यु घटाउन सुत्केरी प्रोत्साहन प्याकेज : ऐरावती गाउँपलिका

बाेम बहादुर परियार २०७९ असार १, प्यूठान
१२८६ पटक
२०७९ असार १, प्यूठान

ऐरावती गाउँपलिकाले मातृ मृत्युलाई घटाउन, संस्थागत सुत्केरी बढाउनका लागि र ब्यक्तिगत सरसफाईलाई मध्यनजर गर्दै सुत्केरी प्रोत्साहन प्याकेज लिएको छ । जेठ महिना देखि पालिकाका सबै वडामा लागू हुने गरि गाउँपलिकाले एक कार्यक्रम लिएको हाे ।

सुत्केरीलाई प्रोत्साहनका लागि झोला, पेटिकोट, पेन्टी, प्याड, साबुन, सरफ, टाबेल, नङ कट लगाएतका सामाग्री उपलब्ध गराएको ऐरावती गाउपालिका स्वास्थ्य साखा प्रमुख बाल गोपाल श्रेष्ठले बताए । साथै दिन रात नभनि अहरात्र खटिने महिला स्वस्थ्य स्वम् सेविकालाई पनि सम्मान स्वरुप झोला, छाता, जुत्ता, मोजा, सेट लाइट, नङ कट र कैँची पनि वितरण गरेको श्रेष्ठले बताए ।

पालिकाले सुत्केरी महिलाहरुको लागि रचनात्मक कार्यक्रम ल्याउनाले संस्थागत सुत्केरी बढ्ने बिस्वास लिएको छ । त्यस्तै समुदायमा क्षयरोग का बिरामी पत्ता लगाउनको लागि र तिनको निदान गर्नका लागि स्वास्थ संस्थाहरुमा खकार संकलन कार्य समेत अगाडि बढेको छ । गत बिहिवार दाङबाङ स्वास्थ्य चौकिमा क्षयरोग सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गर्दै खकार संकलन अभियान सुरु गरिएको हो ।

आइतबार दाङबाङ स्वास्थ चौकिबाट १९ जनाको टिबि जाँच गर्नाका लागि खकार संकलन गरिएको छ भने आज पकला स्वास्थ्य संस्थाबाट ५७ जना मानिस हरुको टि. बि. जाँच गर्नको लागि खकार संकलन गरिएको छ । जसको नतिजा केहिदिनमै आउने पुरन्ठाटी स्वास्थ्य चौकिका ल्याब कर्मचारी जनक राउत ले जानकारी गराए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...