News Portal

रेडियो सुन्नुहोस्

मातृ मृत्यु घटाउन सुत्केरी प्रोत्साहन प्याकेज : ऐरावती गाउँपलिका

बाेम बहादुर परियार २०७९ असार १, प्यूठान
११३० पटक
२०७९ असार १, प्यूठान

ऐरावती गाउँपलिकाले मातृ मृत्युलाई घटाउन, संस्थागत सुत्केरी बढाउनका लागि र ब्यक्तिगत सरसफाईलाई मध्यनजर गर्दै सुत्केरी प्रोत्साहन प्याकेज लिएको छ । जेठ महिना देखि पालिकाका सबै वडामा लागू हुने गरि गाउँपलिकाले एक कार्यक्रम लिएको हाे ।

सुत्केरीलाई प्रोत्साहनका लागि झोला, पेटिकोट, पेन्टी, प्याड, साबुन, सरफ, टाबेल, नङ कट लगाएतका सामाग्री उपलब्ध गराएको ऐरावती गाउपालिका स्वास्थ्य साखा प्रमुख बाल गोपाल श्रेष्ठले बताए । साथै दिन रात नभनि अहरात्र खटिने महिला स्वस्थ्य स्वम् सेविकालाई पनि सम्मान स्वरुप झोला, छाता, जुत्ता, मोजा, सेट लाइट, नङ कट र कैँची पनि वितरण गरेको श्रेष्ठले बताए ।

पालिकाले सुत्केरी महिलाहरुको लागि रचनात्मक कार्यक्रम ल्याउनाले संस्थागत सुत्केरी बढ्ने बिस्वास लिएको छ । त्यस्तै समुदायमा क्षयरोग का बिरामी पत्ता लगाउनको लागि र तिनको निदान गर्नका लागि स्वास्थ संस्थाहरुमा खकार संकलन कार्य समेत अगाडि बढेको छ । गत बिहिवार दाङबाङ स्वास्थ्य चौकिमा क्षयरोग सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गर्दै खकार संकलन अभियान सुरु गरिएको हो ।

आइतबार दाङबाङ स्वास्थ चौकिबाट १९ जनाको टिबि जाँच गर्नाका लागि खकार संकलन गरिएको छ भने आज पकला स्वास्थ्य संस्थाबाट ५७ जना मानिस हरुको टि. बि. जाँच गर्नको लागि खकार संकलन गरिएको छ । जसको नतिजा केहिदिनमै आउने पुरन्ठाटी स्वास्थ्य चौकिका ल्याब कर्मचारी जनक राउत ले जानकारी गराए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...