News Portal

रेडियो सुन्नुहोस्

देउखुरीमै बन्यो नेपालको तेस्रो लामो झोलुङ्गे पुल

ओमप्रकाश गुप्ता २०७९ असार २४, भालुवाङ
१६४५ पटक
२०७९ असार २४, भालुवाङ

दाङको देउखुरीमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । ८ सय १८.१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै पटक हिड्न सक्ने उक्त पुलको क्षमता रहेको छ ।

त्यस्तै ४ वटा टावर पिलर, १ वटा मेन एङकेरेज पिलर, २ वटा मेन एङकेरेज ब्लक, ९२ वटा पाइल र ४ वटा उङगेज ब्लक रहेको इन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिएका छन् ।
नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय भौतिक पुर्वधार विभागद्वारा ८ करोड ४७ लाख ९६ हजार ६ सय ७६ रूपैयाँ ८८ पैसाको लागतमा गलवा जगदम्बा थानी जेभी काठमाडौं ३२ पुतलीले सो झोलुङ्गे पुल निर्माण गरेको इन्जिनियर थापाले जानकारी दिए ।
पुलको डिजाइन सखुवा इन्जिनियरिङ कन्सन्टेन्सी प्रालिले गरेको हो । २०७७ असार २६ गते सम्झौता भएको पुल २०७९ असार २३ गते अर्थात २ वर्ष लगाएर सम्पन्न गरेको हो ।
यसअघि नेपालको पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको चाँदनी दोधारा पुल रहेको छ भने दोस्रो लामो झोलुङ्गे पुल इलामको माइखोला पुल रहेको छ ।

राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती वारि र पारिका स्थानीयलाई आवतजावत गर्न सहज हुने भएको छ ।
पुल निर्माण सँगै त्यहाँका स्थानीयहरू समेत खुसी भएका छन् । पुल नहुँदा जोखिम मोलेर राप्ती नदी पार गर्नुपर्ने बाध्यता रहेको राप्ती गाउँपालिका २ लालमटिया निवासी कल्पना पाण्डेले बताइन् । उनका अनुसार यो पुलले राप्ती पारिका स्थानीयलाई लालमटिया जान र वारीका स्थानीयलाई पर्यटकीय स्थल कुलपानी जान समेत सहज हुने भएको छ । पुल नहुँदा नदी तरेर वारपार गर्दा ज्यान समेत जाने गरेको स्थानीयहरूको भनाई छ ।
पुल निर्माणले गढवा र राप्तीलाई समेत जोड्ने काम गरेको छ । पुल निर्माण सँगै विभिन्न स्थानबाट पुल अवलोकन, फोटो खिच्न तथा टिकटक बनाउन दिनहुँ जसो युवा जमातहरूको भिड लाग्ने गरेको छ । त्यहाँ घुम्न पुग्ने जो कोही पनि प्रफुल्लित हुने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...