News Portal

रेडियो सुन्नुहोस्

देउखुरीमै बन्यो नेपालको तेस्रो लामो झोलुङ्गे पुल

ओमप्रकाश गुप्ता २०७९ असार २४, भालुवाङ
१५०१ पटक
२०७९ असार २४, भालुवाङ

दाङको देउखुरीमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । ८ सय १८.१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै पटक हिड्न सक्ने उक्त पुलको क्षमता रहेको छ ।

त्यस्तै ४ वटा टावर पिलर, १ वटा मेन एङकेरेज पिलर, २ वटा मेन एङकेरेज ब्लक, ९२ वटा पाइल र ४ वटा उङगेज ब्लक रहेको इन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिएका छन् ।
नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय भौतिक पुर्वधार विभागद्वारा ८ करोड ४७ लाख ९६ हजार ६ सय ७६ रूपैयाँ ८८ पैसाको लागतमा गलवा जगदम्बा थानी जेभी काठमाडौं ३२ पुतलीले सो झोलुङ्गे पुल निर्माण गरेको इन्जिनियर थापाले जानकारी दिए ।
पुलको डिजाइन सखुवा इन्जिनियरिङ कन्सन्टेन्सी प्रालिले गरेको हो । २०७७ असार २६ गते सम्झौता भएको पुल २०७९ असार २३ गते अर्थात २ वर्ष लगाएर सम्पन्न गरेको हो ।
यसअघि नेपालको पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको चाँदनी दोधारा पुल रहेको छ भने दोस्रो लामो झोलुङ्गे पुल इलामको माइखोला पुल रहेको छ ।

राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती वारि र पारिका स्थानीयलाई आवतजावत गर्न सहज हुने भएको छ ।
पुल निर्माण सँगै त्यहाँका स्थानीयहरू समेत खुसी भएका छन् । पुल नहुँदा जोखिम मोलेर राप्ती नदी पार गर्नुपर्ने बाध्यता रहेको राप्ती गाउँपालिका २ लालमटिया निवासी कल्पना पाण्डेले बताइन् । उनका अनुसार यो पुलले राप्ती पारिका स्थानीयलाई लालमटिया जान र वारीका स्थानीयलाई पर्यटकीय स्थल कुलपानी जान समेत सहज हुने भएको छ । पुल नहुँदा नदी तरेर वारपार गर्दा ज्यान समेत जाने गरेको स्थानीयहरूको भनाई छ ।
पुल निर्माणले गढवा र राप्तीलाई समेत जोड्ने काम गरेको छ । पुल निर्माण सँगै विभिन्न स्थानबाट पुल अवलोकन, फोटो खिच्न तथा टिकटक बनाउन दिनहुँ जसो युवा जमातहरूको भिड लाग्ने गरेको छ । त्यहाँ घुम्न पुग्ने जो कोही पनि प्रफुल्लित हुने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...