News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई पोसाक वितरण

बिबश जि.एम२०८० माघ २३
३५० पटक
२०८० माघ २३

लायन्स क्लब अफ प्यूठानका चियर पर्शन लायन प्रविण कक्षपतिले जन्मदिनको उपलक्ष्यमा पोसाक वितरण गरेका छन् । मंगलबार प्यूठान नगरपालिका ३ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययनरत १९ छात्र छात्रालाई विद्यार्थी पोसाक वितरण गरेका हुन् ।

विद्यार्थीहरु विना पोसाक विद्यालय आउने गरेको भन्दै विद्यालयबाट आएको सूचनालाई आधार मानी १९ जनालाई लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा पोसाक वितरण गरेको लायन्स क्लब प्यूठानका अध्यक्ष झविन्द्र शर्माले जानकारी दिए । उनका अनुसार लायन्सले यस अघि पनि विभिन्न संघसंस्था तथा विपन्न व्यक्तिहरुलाई जन्मदिनको अवसरमा सहयोग गर्दै आएको छ । फजुल खर्चलाई बचाएर विभिन्न संघसंस्था तथा विपन्नहरुको लागि लायन्स क्लब अफ प्यूठान सहयोगी संस्थाको रुपमा काम गरिरहेको उनले बताए ।

लायन्सले पोसाक वितरण गरेपछि विद्यालयमा सबै विद्यार्थीले पोसाक लगाएर आउने विद्यालयले जनाएको छ । लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माको अध्यक्षतामा भएको पोसाक वितरण कार्यक्रममा लायन प्रविण कक्षपति, श्रीमती रीता कक्षपति, लायन्स सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्सका जिल्ला उपाध्यक्ष चन्द्र घर्तीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बुढा

नेकपा (एकीकृत समाजवादी) प्यूठानको दशौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भोज विक्रम बुढालाई पुन: अध्यक्षमा...

प्रधानमन्त्रीद्वारा पाणिनी तपोभूमी सम्मेलन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीमा आयोजित पाणिनी तपोभूमी सम्मेलनको उद्घाटन गरेका छन्। बुधबार सम्मेलनको उद्घाटन...

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...