News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई पोसाक वितरण

बिबश जि.एम२०८० माघ २३
६७० पटक
२०८० माघ २३

लायन्स क्लब अफ प्यूठानका चियर पर्शन लायन प्रविण कक्षपतिले जन्मदिनको उपलक्ष्यमा पोसाक वितरण गरेका छन् । मंगलबार प्यूठान नगरपालिका ३ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययनरत १९ छात्र छात्रालाई विद्यार्थी पोसाक वितरण गरेका हुन् ।

विद्यार्थीहरु विना पोसाक विद्यालय आउने गरेको भन्दै विद्यालयबाट आएको सूचनालाई आधार मानी १९ जनालाई लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा पोसाक वितरण गरेको लायन्स क्लब प्यूठानका अध्यक्ष झविन्द्र शर्माले जानकारी दिए । उनका अनुसार लायन्सले यस अघि पनि विभिन्न संघसंस्था तथा विपन्न व्यक्तिहरुलाई जन्मदिनको अवसरमा सहयोग गर्दै आएको छ । फजुल खर्चलाई बचाएर विभिन्न संघसंस्था तथा विपन्नहरुको लागि लायन्स क्लब अफ प्यूठान सहयोगी संस्थाको रुपमा काम गरिरहेको उनले बताए ।

लायन्सले पोसाक वितरण गरेपछि विद्यालयमा सबै विद्यार्थीले पोसाक लगाएर आउने विद्यालयले जनाएको छ । लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माको अध्यक्षतामा भएको पोसाक वितरण कार्यक्रममा लायन प्रविण कक्षपति, श्रीमती रीता कक्षपति, लायन्स सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्सका जिल्ला उपाध्यक्ष चन्द्र घर्तीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...