News Portal

रेडियो सुन्नुहोस्

मदिरा बेचबिखन ओसार पसार र सेवनलाई व्यवस्थित गर्न समिति गठन

सिखबर संवाददाताप्यूठान भाद्र १९
११०८ पटक
प्यूठान भाद्र १९

बढ्दो मदिरा वेचविखन ओसार–पसार र सेवनलाई व्यवस्थित गर्न स्वर्गद्वारी नगरपालिकामा अनुगम समिति गठन गरिएको छ । नगर प्रमुख नेत्र बहादुर रोकायको अध्यक्षतामा २३ सदस्सीय अनुगमन समिति गठन भएको हो । जसको सदस्यहरुमा सबै क्षेत्रवाट प्रतिनिधित्व हुने गरी राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानको भाद्र १० गते बसेको बैठकले जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रत्येक वडाहरुमा मदिरा बेचविखन ओसार–पसार र सेवनलाई व्यवस्थीत गर्नको लागि समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सर्वप्रथम नगरपालिकामा गरिएको र अव क्रमश अन्य वडाहरुमा पनि गरिदै जाने इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी प्रमुख घनश्याम केसीले जानकारी दिनुभयो ।

सार्वजनिक स्थलको २ सय मिटर आसपासमा कुनैपनि प्रकारका मदिरा बिक्रि वितरण र सेवन गर्न नपाउन,े अनुमति प्राप्त थोक बिक्रेताले बिहान १० बजे देखि राति ८ बजे सम्म मात्र बितरण गर्न पाइने, खुद्रा व्यापारीले साँझ साँढे ५ बजेदेखी साँढे ८ बजे सम्म मात्र विक्रि वितरण गर्न पाउने लगायतका आचासंहिताहरु लागू हुने भएको छ । यदि नियम विपरित कसैले कानुनको अवज्ञा गरेमा रु १ हजार रुपैया जरिवान समेत लाग्ने भएको छ । यस आचारसंहिताको कार्यान्वयन भोलि अर्थात भाद्र २० गते देखि हुने छ ।

स्वर्गद्वारी नगरपालिकाका १,२,३ र ४ बाहेक अरु सबै वडाहरुमा वडा अध्यक्षहरुकाे अध्यक्षतामा गठन गरिएकाे र बाँकी अन्य वडाहरुमा छिट्टै गठन गर्ने पक्रियामा रहेकाे प्रमुख केसीले बताउनुभयाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...