News Portal

रेडियो सुन्नुहोस्

मदिरा बेचबिखन ओसार पसार र सेवनलाई व्यवस्थित गर्न समिति गठन

सिखबर संवाददाताप्यूठान भाद्र १९
१००९ पटक
प्यूठान भाद्र १९

बढ्दो मदिरा वेचविखन ओसार–पसार र सेवनलाई व्यवस्थित गर्न स्वर्गद्वारी नगरपालिकामा अनुगम समिति गठन गरिएको छ । नगर प्रमुख नेत्र बहादुर रोकायको अध्यक्षतामा २३ सदस्सीय अनुगमन समिति गठन भएको हो । जसको सदस्यहरुमा सबै क्षेत्रवाट प्रतिनिधित्व हुने गरी राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानको भाद्र १० गते बसेको बैठकले जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रत्येक वडाहरुमा मदिरा बेचविखन ओसार–पसार र सेवनलाई व्यवस्थीत गर्नको लागि समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सर्वप्रथम नगरपालिकामा गरिएको र अव क्रमश अन्य वडाहरुमा पनि गरिदै जाने इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी प्रमुख घनश्याम केसीले जानकारी दिनुभयो ।

सार्वजनिक स्थलको २ सय मिटर आसपासमा कुनैपनि प्रकारका मदिरा बिक्रि वितरण र सेवन गर्न नपाउन,े अनुमति प्राप्त थोक बिक्रेताले बिहान १० बजे देखि राति ८ बजे सम्म मात्र बितरण गर्न पाइने, खुद्रा व्यापारीले साँझ साँढे ५ बजेदेखी साँढे ८ बजे सम्म मात्र विक्रि वितरण गर्न पाउने लगायतका आचासंहिताहरु लागू हुने भएको छ । यदि नियम विपरित कसैले कानुनको अवज्ञा गरेमा रु १ हजार रुपैया जरिवान समेत लाग्ने भएको छ । यस आचारसंहिताको कार्यान्वयन भोलि अर्थात भाद्र २० गते देखि हुने छ ।

स्वर्गद्वारी नगरपालिकाका १,२,३ र ४ बाहेक अरु सबै वडाहरुमा वडा अध्यक्षहरुकाे अध्यक्षतामा गठन गरिएकाे र बाँकी अन्य वडाहरुमा छिट्टै गठन गर्ने पक्रियामा रहेकाे प्रमुख केसीले बताउनुभयाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...