News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मतगणना अझै सुरु भएन

मधुसुधन पोख्रेलमंसिर ५
६८९ पटक
मंसिर ५

प्यूठान,     प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय बैठकमा टुगंो लागेको छैन । १ सय ४६ वटा मतको विषयमा निर्वाचन आयोग संग राय मागिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । निर्वाचन आयोगबाट कुनै निर्णय आइनसकेको नेपालले बताइन । उनले सर्वदलिय बैठकले निर्णय गरेमा र आयोगले केहि निर्देशन दिए पछी मात्रै प्यूठानको मतगणना सुरुहुने बताइन । दुवै स्थानमा मतपत्र वितरणमा त्रुटी फेला परेपनि उम्मेद्वारहरुको सहमतीमा मतदान प्रकृयालाई निरन्तर्ता दिएको थियो ।
प्यूठानका १ सय ५६ वटै मतदान स्थलहरुबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगामा ल्याइसकिएको छ । जिल्लामा १लाख ५९ हजार ७ सय ६० मतदाता रहेका मध्य ५५ दशमलव ११ प्रतिशत ८८ हजार ४७ जनाले मतदान गरेका थिए ।
प्यूठानमा प्रतिनिधी सभा सदस्यका लागि गठबन्धनको तर्फबाट राजमोकी दुर्गा पौडेल नेकपा एमालेबाट सूर्य बहादुर थापा को कडा प्रतिसपर्दा रहेको छ । प्रदेश क तर्फ एमाले बाट तुल्सीराम शर्मा र गठबन्धनको तर्फबाट माओबादि केन्द्रका कृष्ण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन । त्यस्तै ख तर्फ एमालेका हरी प्रसाद रिजाल र गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका सरोज थापा प्रतिस्पर्धामा रहेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...

प्यूठानको शिक्षा, सुगमका विद्यालयको नतिजा कमजोर

दरबन्दी र भौतिक पूर्वाधारमा बलिया रहेका विद्यालयको नतिजा कमजोर देखिएको छ । जिल्लाका सुगम मानिएका...