News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मतगणना अझै सुरु भएन

मधुसुधन पोख्रेलमंसिर ५
९३६ पटक
मंसिर ५

प्यूठान,     प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय बैठकमा टुगंो लागेको छैन । १ सय ४६ वटा मतको विषयमा निर्वाचन आयोग संग राय मागिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । निर्वाचन आयोगबाट कुनै निर्णय आइनसकेको नेपालले बताइन । उनले सर्वदलिय बैठकले निर्णय गरेमा र आयोगले केहि निर्देशन दिए पछी मात्रै प्यूठानको मतगणना सुरुहुने बताइन । दुवै स्थानमा मतपत्र वितरणमा त्रुटी फेला परेपनि उम्मेद्वारहरुको सहमतीमा मतदान प्रकृयालाई निरन्तर्ता दिएको थियो ।
प्यूठानका १ सय ५६ वटै मतदान स्थलहरुबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगामा ल्याइसकिएको छ । जिल्लामा १लाख ५९ हजार ७ सय ६० मतदाता रहेका मध्य ५५ दशमलव ११ प्रतिशत ८८ हजार ४७ जनाले मतदान गरेका थिए ।
प्यूठानमा प्रतिनिधी सभा सदस्यका लागि गठबन्धनको तर्फबाट राजमोकी दुर्गा पौडेल नेकपा एमालेबाट सूर्य बहादुर थापा को कडा प्रतिसपर्दा रहेको छ । प्रदेश क तर्फ एमाले बाट तुल्सीराम शर्मा र गठबन्धनको तर्फबाट माओबादि केन्द्रका कृष्ण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन । त्यस्तै ख तर्फ एमालेका हरी प्रसाद रिजाल र गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका सरोज थापा प्रतिस्पर्धामा रहेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...