News Portal

रेडियो सुन्नुहोस्

१४ औ बार्षिका साधारण सभा सम्पन्न

झुलेनी पोष्टपौष ६/२०७९
९०६ पटक
पौष ६/२०७९

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण भएको बताए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानको १४ औ बार्षिक साधारण सभामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष उदय जिएम ले यस्तो बताए। जिल्लामा आवद्ध पत्रकारहरुलाई सक्षम र सबल बनाउनको लागि महासङ्घको दायित्व विशेष रहेको समेत उनले बताए ।

त्यस्तै जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा सोही कार्यक्रमका बिशेष अतिथि समेत रहनुभएका धरम बहादुर जिसि ले पत्रकारले गर्ने काम र कर्तव्य अधिकारलाई बुझ्न जरुरि रहेको बताए । उनले कुन सुचना बाहिर ल्याउने र कस्तो सुचनालाई बाहिर नल्याउने भनी लाग्न भन्दै जनताको सत्य तथ्य कुरालाई सहि सुचना मार्फत प्रवाह गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महासङ्घ सशक्त तरिकाले बलियो भएर अगाडि बढ्न अनुरोध गरेका छन । जिल्लाको सुशासन र बिकासको लागि पत्रकारिताको अहम भुमिका रहेको पनि बताएका हुन । त्यस्तै कार्यक्रममा पत्रकार महासङ्घमा योगदान पुर्‍याएर हाल स्थानीय तहमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान समेत गरेको छ । सम्मान हुनेहरुमा प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा, गौमुखी गाउपालिकाका उपाध्यक्ष महाविर राना, झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेल रहनुभएको छ ।

सोही कार्यक्रममै नेपाल पत्रकार महासङ्घका पुर्व अध्यक्ष गिरु भण्डारिलाई स्वार्गिय सुर्य बहादुर बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...