News Portal

रेडियो सुन्नुहोस्

गन्तव्य नौबहिनी : हेलो स्याउँलीबाङ !

गिरुप्रसाद भण्डारी
४१४ पटक

जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै  मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको ढेड घण्टामा पुग्न सकिन्छ ।

पिलपिल गर्ने लघु जलविद्युतको लाइन विस्थापीत हुँदै छ । नेपाल बिद्युत प्राविधिकरणको राष्ट्रिय प्रशारण लाइन बिस्तार हुदैछ । सायद वर्षभरमै स्याउलीबाङ झलमल्ल होला । खर,ढुंगाले छाएका घरहरु पक्कि,जस्तामा बदलिदै छन्  र पुराना घरहरुको मुहार फेरिदै छन् । यहाँको ठूलोगाउँमा दर्जन पक्कि घरहरु बनेका छन् । यी घरमा स्थानीय व्ययापारीले उपभोग्य बस्तु बिक्रिका लागि दोकान खोलेका छन् ।

केहि वर्ष पहिलेसम्म बहानेबाट स्याउँलीबाङको लागि यात्रा तय गर्दा बाटैभरि भरिया भेटिन्थे । तर, हिजोआज राशन खोज्न बहाने झरेकाहरु सररर् जीपमा हुइकिन्छन् । स्थानीयको आयआर्जनको माध्यम भने अझै फेरिएको छैन । स्याउलीबाङको कोसेली खलेसवाङको आलु बहाने झारेर आफन्तलाई चखाउन पिठ्यूमा बोन्न पर्दैन ।

पर्यटकीय स्थल नौबहिनी क्षेत्र अवलोकन गर्न जादा खलेसवाङ फेदीसम्म गाढि पुगेको छ । जोस, जागर हुनेहरु खलेसबाङ हुँदै प्यूठानको सबैभन्दा अग्लो कोठि ३६ सय ६० मिटर सम्म पुग्न सक्छन । जैविक विविधताले भरिपूर्ण नौबहिनी क्षेत्रको अवलोकन गर्दा बेग्लै स्वाद लिन सकिन्छ ।

जिल्लाकै दुर्गम भएरपनि स्याउलीवाङ पुगेर के पाइन्छ भन्नका लागि एकपटक यहाँ पुग्नै पर्दछ । यहाँ पुगेसी बाटैभरी छहरा गुफा र मनौरम दृश्य लोभलाग्दो छ ।

फोटो फिचर ।

 

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...