News Portal

रेडियो सुन्नुहोस्

गन्तव्य नौबहिनी : हेलो स्याउँलीबाङ !

गिरुप्रसाद भण्डारी
८९८ पटक

जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै  मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको ढेड घण्टामा पुग्न सकिन्छ ।

पिलपिल गर्ने लघु जलविद्युतको लाइन विस्थापीत हुँदै छ । नेपाल बिद्युत प्राविधिकरणको राष्ट्रिय प्रशारण लाइन बिस्तार हुदैछ । सायद वर्षभरमै स्याउलीबाङ झलमल्ल होला । खर,ढुंगाले छाएका घरहरु पक्कि,जस्तामा बदलिदै छन्  र पुराना घरहरुको मुहार फेरिदै छन् । यहाँको ठूलोगाउँमा दर्जन पक्कि घरहरु बनेका छन् । यी घरमा स्थानीय व्ययापारीले उपभोग्य बस्तु बिक्रिका लागि दोकान खोलेका छन् ।

केहि वर्ष पहिलेसम्म बहानेबाट स्याउँलीबाङको लागि यात्रा तय गर्दा बाटैभरि भरिया भेटिन्थे । तर, हिजोआज राशन खोज्न बहाने झरेकाहरु सररर् जीपमा हुइकिन्छन् । स्थानीयको आयआर्जनको माध्यम भने अझै फेरिएको छैन । स्याउलीबाङको कोसेली खलेसवाङको आलु बहाने झारेर आफन्तलाई चखाउन पिठ्यूमा बोन्न पर्दैन ।

पर्यटकीय स्थल नौबहिनी क्षेत्र अवलोकन गर्न जादा खलेसवाङ फेदीसम्म गाढि पुगेको छ । जोस, जागर हुनेहरु खलेसबाङ हुँदै प्यूठानको सबैभन्दा अग्लो कोठि ३६ सय ६० मिटर सम्म पुग्न सक्छन । जैविक विविधताले भरिपूर्ण नौबहिनी क्षेत्रको अवलोकन गर्दा बेग्लै स्वाद लिन सकिन्छ ।

जिल्लाकै दुर्गम भएरपनि स्याउलीवाङ पुगेर के पाइन्छ भन्नका लागि एकपटक यहाँ पुग्नै पर्दछ । यहाँ पुगेसी बाटैभरी छहरा गुफा र मनौरम दृश्य लोभलाग्दो छ ।

फोटो फिचर ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...