जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको ढेड घण्टामा पुग्न सकिन्छ ।
पिलपिल गर्ने लघु जलविद्युतको लाइन विस्थापीत हुँदै छ । नेपाल बिद्युत प्राविधिकरणको राष्ट्रिय प्रशारण लाइन बिस्तार हुदैछ । सायद वर्षभरमै स्याउलीबाङ झलमल्ल होला । खर,ढुंगाले छाएका घरहरु पक्कि,जस्तामा बदलिदै छन् र पुराना घरहरुको मुहार फेरिदै छन् । यहाँको ठूलोगाउँमा दर्जन पक्कि घरहरु बनेका छन् । यी घरमा स्थानीय व्ययापारीले उपभोग्य बस्तु बिक्रिका लागि दोकान खोलेका छन् ।
केहि वर्ष पहिलेसम्म बहानेबाट स्याउँलीबाङको लागि यात्रा तय गर्दा बाटैभरि भरिया भेटिन्थे । तर, हिजोआज राशन खोज्न बहाने झरेकाहरु सररर् जीपमा हुइकिन्छन् । स्थानीयको आयआर्जनको माध्यम भने अझै फेरिएको छैन । स्याउलीबाङको कोसेली खलेसवाङको आलु बहाने झारेर आफन्तलाई चखाउन पिठ्यूमा बोन्न पर्दैन ।
पर्यटकीय स्थल नौबहिनी क्षेत्र अवलोकन गर्न जादा खलेसवाङ फेदीसम्म गाढि पुगेको छ । जोस, जागर हुनेहरु खलेसबाङ हुँदै प्यूठानको सबैभन्दा अग्लो कोठि ३६ सय ६० मिटर सम्म पुग्न सक्छन । जैविक विविधताले भरिपूर्ण नौबहिनी क्षेत्रको अवलोकन गर्दा बेग्लै स्वाद लिन सकिन्छ ।
जिल्लाकै दुर्गम भएरपनि स्याउलीवाङ पुगेर के पाइन्छ भन्नका लागि एकपटक यहाँ पुग्नै पर्दछ । यहाँ पुगेसी बाटैभरी छहरा गुफा र मनौरम दृश्य लोभलाग्दो छ ।
फोटो फिचर ।