News Portal

रेडियो सुन्नुहोस्

शिक्षण पेशा त्यागेर साहित्यतर्फ आचार्य

झुलेनी पोष्ट२०७९ ,पुस २३
६६५ पटक
२०७९ ,पुस २३

ऐरावती गाउँपालिका अन्तर्गतका ४ वटा विद्यालयमा संचालित तिनदिने कथा लेखन कार्यशालाको आज समापन भएको छ । कथा लेखन कार्यशालामा महेन्द्र माद्यामीक बिद्यालय सराङबेसी, पद्मोदय माद्यामिक बिद्यालय धुवाङ, सिशुकल्याण आधाभुत बिद्यालय झिवाङ र जनकल्याण आधारभूत बिद्यालय हर्नाघाट गरी ४ वटा विद्यालयका ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ऐरावती गाउँपालिकाको आयोजना तथा साहित्य परिषद् प्यूठानको समन्वयमा तालिम संचालन गरिएको हो ।

कथा लेखन कार्यले बालबालिकाको सर्वाङ्गिण विकास, क्षमता विकासका साथसाथै विद्यार्थीहरुले रचनात्मक तथा साहित्य लेखन क्षमताको विकास गरुन र जिल्लास्तरमा सक्षम कथालेखक उत्पादन गर्ने उद्देश्यले कथा लेखन कार्यलाई जिल्लाभर विस्तारित रुपमा चलाउने प्रशिक्षक विजयराज आचार्यले बताए ।
बालबालिकाको रुचिअनुसार साहित्यतर्फ अग्रसर गराई कथा लेखनमा अभिभावकले समेत जोड दिनुपर्ने उनको भनाई छ ।

केही वर्ष अघि मात्र प्रध्यानाध्यापकको पेशा छोडेर साहित्यतर्फ लागेका आचार्य अहिले बाल कथा लेखनमा सबैभन्दा धेरै किताब लेख्ने लेखकका रुपमा परिचित छन् । हाल सम्म उहाँका १सय १५ वटा बाल कथाहरु प्रकाशित भईसकेका छन् । उनले प्यूठान सहित देशभर करिब २सय५० वटा तालिम दिने लक्ष्य रहेको बताए ।

साथै उनले कथा लेखन कार्यलाई विद्यार्थीहरुले निरन्तर रुपमा अभ्यास गर्दै दिर्घकालिन समयसम्म कथा लेखनको माध्यमबाट आफुलाई समाजमा स्थापित गर्दै साहित्य तर्फ परिचित गराउने उद्देश्यले लागि पर्न समेत अनुरोध गरे । शनिवार एक कार्यक्रमको आयोजना गरि तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको हो ।

तालीम समापन समारोहमा प्रशिक्षार्थीहरुले विभिन्न शिर्षकमा कथा लेखेर वाचन गरेका थिए । समापन कार्यक्रममा साहित्य परिषद प्यूठानका सल्लाहकार टोपाराम आचार्य, ऐरावती गाउँपालिका उपाध्यक्ष, महेन्द्र माद्यामिक विद्यालयका प्रध्यानाध्यापक खेत बहादुर रोका, अभिभावक, वालवालिकाहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...