News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विहिबार उद्घाटन

झुलेनी पोष्ट०५ माघ २०७९
३३४ पटक
०५ माघ २०७९

नौबहिनी गाउपलिका गंगा माद्यामिक विद्यालय बाहानेमा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विहिबार उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले खेलाडीहरुलाई खेल अवधिभर अनुसाशित र सभ्य भएर खेल खेल्न आग्रह गरे । साथै उनले विद्यालयस्तरबाट विभिन्न विधामा खेल सिक्दै जिल्ला हुँदै राष्ट्रियस्तरको खेलाडी वन्ने उद्देश्य लिएर खेल क्षेत्रमा अगाडी बढ्न सुझाव समेत दिएका छन् ।
खेल ६ वटा विधामा खेलाइने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजक नौबहिनी गाँपालिकाले जनाएको छ ।

जस अन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, कवड्डी, १ सय र २ सय मिटरका दौड लगायतका खेलहरु चरणबद्ध रुपमा संचालन भईरहेको छ । खेल प्रतियोगितामा नौबहिनी गाउपालिका अन्तर्गत रहेका १० वटा माद्यामिक विद्यालयका करिब ३ सय विद्यार्थीहरु सहभागी भएका छन् । विहिबार भएको पहिलो कार्यक्रमहरुमा १०० मिटर दौड र पहिलो चरणको एक सेट भलिबल खेल भएको छ । त्यस्तै स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा पनि वुधबार देखी रनिङ शिल्ड सुरु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...