News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विहिबार उद्घाटन

झुलेनी पोष्ट०५ माघ २०७९
६९९ पटक
०५ माघ २०७९

नौबहिनी गाउपलिका गंगा माद्यामिक विद्यालय बाहानेमा विद्यालयस्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विहिबार उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले खेलाडीहरुलाई खेल अवधिभर अनुसाशित र सभ्य भएर खेल खेल्न आग्रह गरे । साथै उनले विद्यालयस्तरबाट विभिन्न विधामा खेल सिक्दै जिल्ला हुँदै राष्ट्रियस्तरको खेलाडी वन्ने उद्देश्य लिएर खेल क्षेत्रमा अगाडी बढ्न सुझाव समेत दिएका छन् ।
खेल ६ वटा विधामा खेलाइने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजक नौबहिनी गाँपालिकाले जनाएको छ ।

जस अन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, कवड्डी, १ सय र २ सय मिटरका दौड लगायतका खेलहरु चरणबद्ध रुपमा संचालन भईरहेको छ । खेल प्रतियोगितामा नौबहिनी गाउपालिका अन्तर्गत रहेका १० वटा माद्यामिक विद्यालयका करिब ३ सय विद्यार्थीहरु सहभागी भएका छन् । विहिबार भएको पहिलो कार्यक्रमहरुमा १०० मिटर दौड र पहिलो चरणको एक सेट भलिबल खेल भएको छ । त्यस्तै स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा पनि वुधबार देखी रनिङ शिल्ड सुरु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...