News Portal

रेडियो सुन्नुहोस्

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

झुलेनी पोष्ट२०७९माघ,१७
११२७ पटक
२०७९माघ,१७

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालय तथा बजार क्षेत्रमा बालबिबाह न्यूनीकरण सम्बन्धी अभिनय तथा नाटक प्रदशन गर्नका लागि राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएका हुन् ।
गाउँपालिकाको २०७९,८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बालविबाह न्यूनीकरण सम्बन्धी जनचेतनामुलक अभिनय प्रदशन गर्नका लागि यहि माघ २१ गते कलाकारको टिम प्यूठान आउने भएको माण्डवी गाउँपािलकाले जानकारी दिएको छ ।
गाउँपािलकाका अनुसार पालिका क्षेत्रभित्रका आठ वटा विद्यालय र एक वटा बजार क्षेत्र गरी नौ स्थानमा सचेतनामुलक नाटक प्रदशन गरिने छ । माघ २१ गते अरुणा भवानीश्वरी प्राथामिक विद्यालय माण्डवी गाउँपालिका १, कुमाल्टार, गणेश माद्यामिक विद्यालय तिराम, सुन्नानी आधारभूत विद्यालय रातापानी र गणेश आधारभूत विद्यालय ढिकाबनमा नाटक प्रदशन हुनेछ । त्यस्तै माघ २२ गते कामाक्षी माद्यामिक विद्यालय वडा नं.४उदयपुरकोट, एश्वर्य प्राथामिक विद्यालय डाडाकटेरी, माण्डवी माद्यामिक विद्यालय नयाँगाउँ, जस्पुर बजार चोक र २३ गते वागेश्वरी माद्यामिक विद्यालय वडा नं.५ तिघ्रामा नाटक प्रदशन गरिने जनाइएको छ ।
कार्यक्रममा बालबिबाहले निम्त्याउने असर, समस्या र न्यूनीकरण लगाएतका शिर्षकमा आधारित रहेर नाटक प्रदशन गरिने जनाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...