News Portal

रेडियो सुन्नुहोस्

अनाथ बालबालिकालाई सहयोग

बोम बहादुर परियारमाघ २३ प्युठान
५११ पटक
माघ २३ प्युठान

हिजो आइतबार मल्लरानी गाउँपालिका वडा नं ३ का २ जना अनाथ बालबालिकालाई आर्थिक सहयोग गरिएको छ।
युनिसेफको आर्थिक सहयोगमा सिद्वार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु मार्फत बुवाआमा नभएका र आर्थिक अबस्था कमजोर भएका एक जना बालबालिकालाई पाँच हजार र एक जना अभिभावक गुमाएको र आर्थिक अवस्था कमजोर भएको एक जना बालबालिकालाई चार हजारका दरले सहयोग गरिएको हो।

मल्लरानी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नोमराज पौडेलले वडा कार्यालयमा उक्त रुकम बालबालिकालाई हस्तान्तरण गर्नुभएको हो। अध्यक्ष पौडेलले असाहय ,गरिव बालबालिकाको लागि निरन्तर सहयोग गरेकोमा सहयोगि संस्थालाई धन्यवाद दिनुभयो।
बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने उदेश्यले अनाथ बालबालिकालाई सहयोग गर्दै आएको मनोसामाजिक कार्यकर्ता जया पोख्रेलले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...