News Portal

रेडियो सुन्नुहोस्

अनाथ बालबालिकालाई सहयोग

बोम बहादुर परियारमाघ २३ प्युठान
७८५ पटक
माघ २३ प्युठान

हिजो आइतबार मल्लरानी गाउँपालिका वडा नं ३ का २ जना अनाथ बालबालिकालाई आर्थिक सहयोग गरिएको छ।
युनिसेफको आर्थिक सहयोगमा सिद्वार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु मार्फत बुवाआमा नभएका र आर्थिक अबस्था कमजोर भएका एक जना बालबालिकालाई पाँच हजार र एक जना अभिभावक गुमाएको र आर्थिक अवस्था कमजोर भएको एक जना बालबालिकालाई चार हजारका दरले सहयोग गरिएको हो।

मल्लरानी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नोमराज पौडेलले वडा कार्यालयमा उक्त रुकम बालबालिकालाई हस्तान्तरण गर्नुभएको हो। अध्यक्ष पौडेलले असाहय ,गरिव बालबालिकाको लागि निरन्तर सहयोग गरेकोमा सहयोगि संस्थालाई धन्यवाद दिनुभयो।
बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने उदेश्यले अनाथ बालबालिकालाई सहयोग गर्दै आएको मनोसामाजिक कार्यकर्ता जया पोख्रेलले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...