News Portal

रेडियो सुन्नुहोस्

अध्यक्ष कार्कीद्धारा विपन्न परिवारका विद्यार्थीहरुलाई स्कूल पोसाक प्रदान

बिबश जि एम०५ फागुन २०७९
८८० पटक
०५ फागुन २०७९

माण्डवी गाउँपालिा ३ नयाँगाउँमा रहेको रामेश्वर प्रा.वि मा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष धनेन्द्र कार्कीले पोसाक उपलब्ध गराएका छन् । कक्षा १ देखी ५ सम्म रहेको त्यो स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा आफुले पाउने सेवासुविधा मार्फत १० जना विद्यार्थीहरुका लागि स्कूल पोसाक प्रदान गरेको उनले बताए ।

निकै नाजुक, दयनिय अवस्था देखेर आफुले सहयोग गरेको अध्यक्ष कार्कीले जानाए । जनप्रतिनिधिहरु सेव सुविधामा मात्र तल्लीन नभई सामाजिक कार्यमा पनि लाग्न आवश्यक रहेको भन्दै उनले यस्तो कार्य गरेको सुनाए । त्यस्तै उनले चुनावको बेला जनता सामु गरेका बाचाहरुलाई पुरा गर्नको लागि पनि यस्तो काम आवश्यक रहेको बताए ।

उनले यसअघि पनि सोही स्कूलको लागि एउटा बोर्ड समेत उपलब्ध गराएको जानकारी दिए । स्कूलको मात्र नभएर हरकेहीको समस्याहरु आफुमा लिएर आएमा त्यसलाई आफुले सकेसम्म कार्यन्वयन तिर लैजान कोसिस गर्ने बताए । साथै पोसाक उपलब्ध गराएकोमा विद्यालयले अध्यक्ष कार्कीलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...