News Portal

रेडियो सुन्नुहोस्

अध्यक्ष कार्कीद्धारा विपन्न परिवारका विद्यार्थीहरुलाई स्कूल पोसाक प्रदान

बिबश जि एम०५ फागुन २०७९
३०५ पटक
०५ फागुन २०७९

माण्डवी गाउँपालिा ३ नयाँगाउँमा रहेको रामेश्वर प्रा.वि मा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष धनेन्द्र कार्कीले पोसाक उपलब्ध गराएका छन् । कक्षा १ देखी ५ सम्म रहेको त्यो स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा आफुले पाउने सेवासुविधा मार्फत १० जना विद्यार्थीहरुका लागि स्कूल पोसाक प्रदान गरेको उनले बताए ।

निकै नाजुक, दयनिय अवस्था देखेर आफुले सहयोग गरेको अध्यक्ष कार्कीले जानाए । जनप्रतिनिधिहरु सेव सुविधामा मात्र तल्लीन नभई सामाजिक कार्यमा पनि लाग्न आवश्यक रहेको भन्दै उनले यस्तो कार्य गरेको सुनाए । त्यस्तै उनले चुनावको बेला जनता सामु गरेका बाचाहरुलाई पुरा गर्नको लागि पनि यस्तो काम आवश्यक रहेको बताए ।

उनले यसअघि पनि सोही स्कूलको लागि एउटा बोर्ड समेत उपलब्ध गराएको जानकारी दिए । स्कूलको मात्र नभएर हरकेहीको समस्याहरु आफुमा लिएर आएमा त्यसलाई आफुले सकेसम्म कार्यन्वयन तिर लैजान कोसिस गर्ने बताए । साथै पोसाक उपलब्ध गराएकोमा विद्यालयले अध्यक्ष कार्कीलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...