News Portal

रेडियो सुन्नुहोस्

प्रजातन्त्र दिबसको दिन मुक्तिले मनायो ७१ औ वार्षिकोत्सव

बिबश जि एम०७ फागुन २०७९
६१४ पटक
०७ फागुन २०७९

२००८ सालमा स्थापना भएको प्यूठानको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यमिक बिधालाय रातामाटा प्युठानको ७१ औ बार्षिक उत्सव तथा अभिभावक भेला आज आइतबार सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सांसद कृषि तथा भुमी मन्त्री तुल्सिराम शर्माले कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटनको क्रममा उनले विगतका दिनमा विद्यालयले राम्रो नतिजा दिन सफल भएको भन्दै आगामी दिनमा अझै उपलब्धि मुलक कार्य गर्दै जाने विश्वास समेत व्यक्त गरे ।
विद्यालयका लागि आफुले थप सहयोग गर्न पनि तयार रहेको शर्माले बताए ।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिवराज पण्डितले विद्यालयमा अभिभावकहरुको उपस्थिति सोचे अनुसार हुन नसकेको गुनासो व्यक्त गरे ।
अभिभावकको उपस्थिति हुन नसक्नु नै शिक्षाको क्षेत्रमा पछि पर्नु जस्तै भएको भन्दै उनले सकेसम्म अभिभावकको उपस्थिति अनिवार्य हुन आवश्यक रहेको उनले बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसूदन शर्मा को अध्यक्षतामा सन्चालन भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद कृषि तथा भुमी मन्त्री तुल्सिराम शर्मा रहेको थिए ।
कार्यक्रमा प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु योगि नगर उपप्रमुख देबेन्द्र बर्मा, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिवराज पण्डित, पुर्व प्रधानाध्यापकहरु, छिमेकी विद्यालयका प्रधानध्यापकहरु, शिक्षक संघका पदाधिकारीहरु, जग्गादाता , पुर्ब प्रहरी उपरीक्षक, सबै वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...